१६ चैत्र २०८२, सोमबार | March 31, 2026

एमसीसीलाई पठाइएको गोप्य पत्राचार देशघात हो : भिम रावल



काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमसीसीलाई प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सार्वजनिक गर्न माग गरेका छन् । विश्वजलवायु सम्मेलनमा सहभागी भएर फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार दल माओवादी अध्यक्ष प्रचण्ड र आफुले एमसीसी संसदबाट पास गर्ने पत्र एमसीसीको कार्यालयलाई पठाईसकेको खुलासा गरे लगत्तै उपाध्यक्ष रावलले सो पत्र सार्वजनिक गर्न माग गरेका हुन् ।

प्रधानमन्त्री देउवाले बेलायतबाट फर्किएलगत्तै विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा संसदबाट एमसीसी पास गर्न आफू र सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मिलेर पत्र पठाइसकेको बताएका थिए ।

प्रधानमन्त्रीको उक्त भनाइपछि एमाले उपाध्यक्ष रावलले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै गोप्यरुपमा एमसीसीलाई पत्र पठाइएको भए त्यो देशघात हुने बताएका छन् । ‘बेलायतमा जलवायु सम्मेलनमा भाग लिइ फर्किनासाथ प्रधानमन्त्री देउवाले एमसीसी पारित गराउने भनी आफू र प्रचण्डले पत्र पठाइसकेको खुलासा गर्नुभयो । राष्ट्रघाती प्रावधान भएको सम्झौताबारे पठाइएको पत्र तुरून्त सार्वजनिक गरियोस्।यस्तो विषयमा गोप्य पत्राचार देशघात हो ।’ उनले ट्वीटरमा लेखेका छन् , -‘प्रचण्डको पत्र के हैसियतले पठाइयो ?’

एमसिसीकी उपप्रमुख कार्यकारी अधिकृत एलेक्सिया ल्याटोर्तुले बेलायतमै भेट गर्दै एमसीसी पास नगरी संसद् अधिवेशन अन्त्य भएकोमा चासो राखेपछि आफूले यसबारे चिन्ता नलिन र एमसीसी पासका लागि आफू र प्रचण्डले पत्र पठाइसकेका छौँ भनेर जबाफ दिएको देउवाले सञ्चारकर्मीलाई सुनाएका थिए ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहिबार  ५ : ५५ बजे

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

बुटवलमा आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता सुरु

बुटवल । बुटवलमा आठौं बुटवल राष्ट्रिय खुल्ला लन टेनिस तथा

प्रमुख प्रशासकीय अधिकृतबिहिन स्थानीयतहका ६३ स्थानमा सरकारले पठायो उपसचिवहरु (सूचीसहित)

काठमाडौँ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन भएका स्थानीय

नेपाली सेनाको ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक सेमिनार सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित