२२ मंसिर २०८२, सोमबार | December 8, 2025

एमसीसीलाई पठाइएको गोप्य पत्राचार देशघात हो : भिम रावल



काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमसीसीलाई प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सार्वजनिक गर्न माग गरेका छन् । विश्वजलवायु सम्मेलनमा सहभागी भएर फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार दल माओवादी अध्यक्ष प्रचण्ड र आफुले एमसीसी संसदबाट पास गर्ने पत्र एमसीसीको कार्यालयलाई पठाईसकेको खुलासा गरे लगत्तै उपाध्यक्ष रावलले सो पत्र सार्वजनिक गर्न माग गरेका हुन् ।

प्रधानमन्त्री देउवाले बेलायतबाट फर्किएलगत्तै विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा संसदबाट एमसीसी पास गर्न आफू र सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मिलेर पत्र पठाइसकेको बताएका थिए ।

प्रधानमन्त्रीको उक्त भनाइपछि एमाले उपाध्यक्ष रावलले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै गोप्यरुपमा एमसीसीलाई पत्र पठाइएको भए त्यो देशघात हुने बताएका छन् । ‘बेलायतमा जलवायु सम्मेलनमा भाग लिइ फर्किनासाथ प्रधानमन्त्री देउवाले एमसीसी पारित गराउने भनी आफू र प्रचण्डले पत्र पठाइसकेको खुलासा गर्नुभयो । राष्ट्रघाती प्रावधान भएको सम्झौताबारे पठाइएको पत्र तुरून्त सार्वजनिक गरियोस्।यस्तो विषयमा गोप्य पत्राचार देशघात हो ।’ उनले ट्वीटरमा लेखेका छन् , -‘प्रचण्डको पत्र के हैसियतले पठाइयो ?’

एमसिसीकी उपप्रमुख कार्यकारी अधिकृत एलेक्सिया ल्याटोर्तुले बेलायतमै भेट गर्दै एमसीसी पास नगरी संसद् अधिवेशन अन्त्य भएकोमा चासो राखेपछि आफूले यसबारे चिन्ता नलिन र एमसीसी पासका लागि आफू र प्रचण्डले पत्र पठाइसकेका छौँ भनेर जबाफ दिएको देउवाले सञ्चारकर्मीलाई सुनाएका थिए ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहिबार  ५ : ५५ बजे

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष आग्रह

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी

भानुभक्तका पाण्डुुलिपिको संरक्षणसँगै जन्मस्थलको विकासको चासो

पोखरा । “भर् जन्म घाँस तिर मन् दिई धन कमायो

लुम्बिनी ईटा संघमा पदस्थापन, सस्थागत सदृढिकरणमा जोड

भैरहवा । लुम्बिनी ईटा उद्योग व्यवसायि संघमा निर्वाचित नयाँ कार्यसमितिलाई

हेटौँडाको मुख्य सडक विस्तार : भग्नावशेष हटाउन जुटे स्थानीय र व्यवसायी

बागमती । हेटौँडा बजारको मुख्य सडक विस्तारका लागि सडक डिभिजन

एक व्यक्ति दुई कार्यकालभन्दा बढी अध्यक्ष नबन्ने कानुनी व्यवस्था गर्नुपर्छ : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी नेतृत्वमा दीर्घकालीन