१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

नेपाल घुम्न आएका पर्यटकले पनि लगाए निधारमा सप्तरंगी टीका



पोखरा । तिहार खासगरी हिन्दु नेपालीको मुख्य पर्व हो । पछिल्लो समय नेपालका अन्य समुदायमा पनि यो पर्व लोकप्रिय बनिरहेको छ । आजभोलि नेपाली मात्रै होइन, विदेशी पर्यटक पनि सप्तरंगी टीका लर्काएर रमाइलो गर्न थालेका छन् ।

पोखरामा रहेको पश्चिमाञ्चल होटेल संघले पर्यटक लक्षित भाइटीका महोत्सव आयोजना गरेको छ । १६ वर्षअघि सुरु भएको यो महोत्सवको १४औं संस्करण शनिबार मनाइएको छ ।

‘दुई वर्ष कोभिड संक्रमणका कारण रोकियो । अहिले फेरि सुरु गरेका छौं,’ होटेल संघका अध्यक्ष लक्ष्मण सुवेदीले भने, ‘नेपाल आएका पर्यटकलाई अब भाइटीका महोत्सवबारे थाहा हुन थालिसक्यो । अहिलेको महोत्सवमा यसअघि टीका लगाएर गएकाहरू पनि सहभागी छन् ।’ उनका अनुसार ६ जना पर्यटकले दोहोर्‍याएर भाइटीका लगाएका छन् ।

यो वर्ष विभिन्न ९ देशका २० विदेशी नागरिकले टीका लगाएका उनले जानकारी दिए । पोखरास्थित रेन्वो चिल्ड्रन होमका छात्राहरूले विदेशी पर्यटकलाई टीका लगाइदिएका थिए । नेपाली संस्कृतिको संरक्षण गर्दै यसैका माध्यमबाट पोखराको पर्यटन प्रवर्द्धनमा सघाउने उद्देश्यले भाइटीका कार्यक्रम आयोजना गरिएको सुवेदीको भनाई छ ।

टीका कार्यक्रममा चीन, रसिया, जर्मनी, फ्रान्स, कम्बोडिया र बेलारुसका पर्यटक सहभागी भएका थिए । टीका लगाइदिएपछि उनीहरूलाई सयपत्री फूलको माला, टोपी र सेलरोटीलगायत परिकार दिइएको हो । सोही अवसरमा देउसी भैलो र सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको निवर्तमान अध्यक्ष विकल तुलाचनले बताए ।

संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको पश्चिमाञ्चल होटेल संघ पोखराका अध्यक्ष विकल तुलाचनले बताए । उनले तिहारको सांस्कृतिक पक्षलाई संरक्षण गर्दै यसैका माध्यबाट पर्यटक आकर्षित गर्ने विगत १३ वर्षदेखि महोत्सव आयोजना गर्दै आएको बताए ।
भाइटीका महोत्सव पोखराका लागि अर्को पर्यटकीय प्रडक्ट बन्दै गएको अध्यक्ष तुलाचनले बताए । टीका लगाएपछि विदेशी पर्यटकहरू निकै खुसी देखिएका थिए ।

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  ८ : ३६ बजे

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश

लुम्बिनी प्रदेशसभाः नीति तथा कार्यक्रममाथि छलफल सुरु

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको सातौँ बैठकमा आर्थिक वर्ष

रास्वपा सांसद खरेलको ‘तमासा’  अभिव्यक्ति हटाउन नेकपाको माग

काठमाडौं । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौं । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री

मुख्य न्यायाधिवक्ताहरूको राष्ट्रिय सम्मेलन धनगढीमा सुरु

सुदूरपश्चिम । ‘समन्वय, सहकार्य र कानुनको प्रभावकारी कार्यान्वयन–सबल मुख्य न्यायधिवक्ता,