२१ असार २०८३, आइतबार | July 5, 2026

पञ्चे बाजामा देउसी भैलोको पृथक स्वाद



बागलुङ । विगत तीन दिनदेखि बागलुङ बजारको चोक–चोकमा नौमती बाजा घन्किएका छन् ।

जिल्लाको पश्चिम निसीखोला गाउँपालिकाबाट तिहारको अवसरमा देउसी खेल्न आएको पञ्चेबाजा समूहको सक्रियताले बजार क्षेत्रमा बाजाले रमाइलो बनाएको हो । विभिन्न भैलो समूहले ‘रेकर्ड’ गरेका गीतबाट देउसी भैलो खेली रहँदा नौमती बाजा पृथक धारको देखिएको छ ।

नौमती बाजामा तिहार विशेष गीत बजाउने र नाच्ने रहर हुनेहरू दिल खोलेर नाच्न पाउने भएपछि बाजा समूह रोजाइनमा परेका छन् । ‘बाजा समूह मौलिक लाग्यो,’ बागलुङ बजार निवासी खडक विकले भने, ‘बाजा समूहको विकास र व्यावसायिकताको लागि पनि राम्रो हो । बाजामा नाच्न मन लाग्ने सदरमुकाममा रहेका स्थानीय नाच्ने र गाउने गरेका छन् ।’

पञ्चे बाजा समूहमा आबद्ध दाजुभाइमा दुःख परेको हुँदा यस वर्ष उनीहरूले टिका लगाएनन् । विगतका वर्षहरूमा पनि उनीहरूले तिहार सुरु भएको दिनदेखि बाजा बजाउने र तिहारको दिनमा टीका लगाउन घर फर्कने गर्थे । भैलोबाट तिहार खर्चको जोहो हुने बाजा समूहका सदस्य गोकुल परियारले बताए । आउने जाने गाडी भाडा, खाना खर्च सबै एक मुष्ट कटाउने र बाँकी रहने पैसा समूहमा ऋण परिचालन गर्नुका साथै पारिश्रमिकको रूपमा वितरण हुने उनको भनाई छ ।

निसीखोला गाउँपालिका–२ बायोखोलाका स्थानीय दलित युवाहरू संगठित भएर सदरमुकाम आएका हुन् । उनीहरूले भैलोबाट संकलन भएको रकमबाट कुल मन्दिर निर्माण गर्ने योजना बनाएका छन् । ‘मन्दिर बनाउने उद्देश्यले बजार झरेका हौं,’ पञ्चेबाजा समूहका सदस्य शंकर परियारले भने,‘पैसा पुग्यो भने नयाँ बाजा र पन्चे बाजा समूहका सदस्यका क्षमता विकासको लागि काम गर्ने योजना छ ।

उक्त समूहले गाउँमा हुने विवाह, ब्रर्तबन्ध तथा शुभकार्यमा बाजा बजाउँदै आएको छ । छिमेकी जिल्ला रुकुम तथा जिल्लाका विभिन्न स्थानीय तहमासमेत बाजा बजाउने निम्तो आउँदा जाने गरेको परियारले बताए ।

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  ८ : ४४ बजे

धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : पर्यटनमन्त्री पौडेल

म्याग्दी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले नेपालमा

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी

कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन

विराटनगर । गृहमन्त्री सुधन गुरुङले विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित जग्गा

नार्कका सम्पर्कविहीन दुई कर्मचारी बर्खास्त

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मातहतको नेपाल कृषि अनुसन्धान

पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्यो

काठमाडौं । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ