२४ बैशाख २०८१, सोमबार | May 6, 2024

जनताको भरोसा टुट्न दिन्न : श्रममन्त्री श्रेष्ठ



तनहुँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँ क्षेत्र नं १ का जनताले आफूलाई भरोसा गरेकाले सो भरोसा टुट्न नदिने बताएका छन् ।

व्यास नगरपालिका–१ स्थित निर्मल जनसुधार आमा समूहले आइतबार बिहान आयोजना गरेको शुभकामना आदानप्रदान तथा बधाई ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले जनताप्रति सधैँ उत्तरदायी भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

जनताको भावनाअनुसार विकास निर्माणका कामका लागि सदैव प्रतिबद्ध रहेको जनाउँदै उनले भने, “विगतमा जिल्लावासीको हितका लागि काम गर्दै आएको छु, जिल्लाको विकासका लागि सधैँ क्रियाशील रहन्छु ।”

स्थानीयवासीले मन्त्री श्रेष्ठलाई विभिन्न विकासका मागसहित ज्ञापनपत्रसमेत बुझाएका थिए ।

आमा समूहकी अध्यष अम्बिका पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्य प्रतापलाल श्रेष्ठ, केन्द्रीय सदस्य शङ्करनारायण श्रेष्ठलगायतले धारणा व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  १० : १७ बजे

संरक्षण थालिएको ताल नै सुकेपछि…

ढोरपाटन । बागलुङको काठेखोला गाउँपालिका-४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म

भूकम्पले क्षति पु¥याएको अर्लाङ्दी मन्दिर जीर्णोद्धार

गोरखा । भूकम्पले क्षति पु¥याएको गोरखाको सहिद लखन गाउँपालिका-४ स्थित

सात हजार पशुपन्छीको उपचार

कैलाली । कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन

बाँकेमा पाँच हजार हेक्टर वनमा डढेलो

नेपालगञ्ज । बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच

टोटनह्याममाथि लिभरपुल ४-२ ले विजयी

काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले टोटनह्यामलाई पराजित गरेको