२३ बैशाख २०८१, आइतबार | May 5, 2024

इराकी प्रधानमन्त्रीको निवासमा ड्रोन हमला



बगदाद । इराकका प्रधानमन्त्री मुस्ताफा अल कादिमीको निवासमा ड्रोन हमला भएको छ । प्रधानमन्त्रीलाई हत्या गर्ने उदेश्यले ड्रोन हमला गरिएको अनुमान गरिएको छ ।

बगदादको ग्रीन जोन क्षेत्रमा भएको सो आक्रमणमा प्रधानमन्त्री सुरक्षित रहेको इराकी सेनाले जनाएको छ । आक्रमणमा प्रधानमन्त्रीका सात जना अंगरक्षक घाइते भएका छन् ।

आक्रमणको जिम्मा कुनै समूहले लिएको छैन् । ग्रीन जोनमा सामान्यतया सेनाले बाक्लो गस्ती गर्छ ।

ड्रोनमा बिस्फोटक पर्दाथ भरेर प्रधानमन्त्रीलाई निशाना बनाइएको सेनाले जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्रीलाई ड्रोन आक्रमणमार्फत हत्या प्रयास भएको इराकी सरकारले जारी गरेको अर्को विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच, प्रधानमन्त्री अल कादिमीले आफू सुरक्षित रहेको बताएका छन् । उनले शान्ति कायम गर्न अपीलसमेत गरेका छन् ।

-एजेन्सी

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ११ : २४ बजे

काठमाडौंको कीर्तिपुरमा बस दुर्घटना एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

सेयर बजारमा २४.५८ अंकको गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा दोहोरो अंकको

जापानी विदेशमन्त्री खामिखावाः वसन्तपुर क्षेत्रको अवलोकन

काठमाडौं । आज नेपाल आउनुभएका जापानका विदेश मन्त्री खामिखावा योकोले

दैलेखको दुल्लूमा नबिल बैंकको २६८ औँ शाखा सञ्चालन

काठमाडौ । नबिल बैंकले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा

कर्णाली हाफ म्याराथनमा ज्ञान खाद्यान्नको साथ

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम