७ भदौ २०८३, आइतबार | August 23, 2026

एमाले महाधिवेशन प्रतिनिधिका उम्मेदवार : कोही पार्टी सदस्य नै नभएका, कोही ‘फरार’ सूचीका



ओखलढुंगा । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको महाधिवेशन प्रतिनिधिका लागि ओखलढुंगामा २९ जनाले उम्मेदवारी दिएका छन् ।

निर्वाचन समितिले सार्वजिनक गरेको विवरण अनुसार तत्कालीन स‌ंविधानसभा सदस्य हर्कबोल राई र शकुन्तला राजभण्डारी, एमाले जिल्ला अध्यक्ष मोहनकुमार श्रेष्ठ, प्रदेशसभा सांसद अम्बिर गुरुङ, उत्तम राई, तीर्थ सुवेदीसहित २९ नेता कार्यकर्ताको उम्मेदवारी परेको छ ।

महाधिवेशन प्रतिनिधि दावी गर्नेमा अनेरास्ववियुका केन्द्रीय सदस्य निशान श्रेष्ठ, युवा संघकी नेतृ थलु राजभण्डारी समेत छन् ।

निर्वाचन समितिले बिहीबार दिउँसो सम्मका लागि उम्मेदवारी फिर्ता लिन सक्ने जनाएको छ । सहमतिका लागि प्रयास भइरहेको एमालेका जिल्ला ईञ्चार्ज यज्ञराज सुनुवारले बताए ।

उम्मेदवार पार्टी सदस्य नभएकादेखि ‘फरार’ सम्म

एमालेका महाधिवेशन प्रतिनिधीका उम्मेदवार पार्टी सदस्य नभएका र आपराधिक मुद्दामा फरार रहेका व्यक्तिसम्म छन् । उम्मेदवारी दर्ता गरेकी युवा संघकी नेता थलु राजभण्डारीको पार्टी सदस्यता नभएको, सिद्धिचरण नगरपालिकाकी उपप्रमुखको विधान अनुसारको योग्यता नपुगेको भनेर निर्वाचन समितिले कैफियत लेखेको छ ।

त्यस्तै, वारेसबाट उम्मेदवारी दर्ता गराएका पेशल राज बुढाथोकी प्रहरीको फरार सूचीमा छन् । ठगी मुद्दामा फरार उनको वारेसबाट उम्मेदवारी दर्ता गरिएको छ ।

 

 

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  १० : ५० बजे

सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा घटेका आपराधिक घटना

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली

रणनीति बिर्सेर सत्ता समीकरणमा अल्झिँदा कम्युनिष्ट आन्दोलन कमजोर भयो : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको वर्तमान

जनसंख्या पलायन रोक्न ठुला सिंचाई परियोजना आवाश्यक : उर्जामन्त्री श्रेष्ठ

मोरङ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ठूला सिँचाइ

न्याय सम्पादनमा बार र बेञ्चको महत्त्वपूर्ण भूमिका हुन्छ : प्रधानन्यायाधीश

दमौली । प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले न्याय सम्पादनमा बार र