२४ बैशाख २०८१, सोमबार | May 6, 2024

लुम्बिनी बौद्ध विश्वविद्यालय र लुम्बिनी फाउन्डेशनबीच सहकार्यको सम्झौता



बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालय र लुम्बिनी गार्डेन फाउन्डेसनले आपसी सहकार्य गर्ने सम्झौता गरेका छन् ।

विश्वविद्यालयका उपकुलपति प्राडा हृदरत्न बज्राचार्य र रजिष्ट्रार डा. तिलकराम आचार्य तथा फाउन्डेसनका अध्यक्ष जोशे म्यानुएल भिलानोभा र उपाध्यक्ष गोविन्द सुवेदीले बिहीबार साँझ सम्झौतापत्रमा हस्ताक्षर गरे । फाउन्डेशनकै पहलमा केही दिनअघि मात्रै गौतमबुद्ध विमानस्थलमा साढे दुई अर्बको बुद्ध मूर्ति राखिएको थियो ।

दक्ष जनशक्ति उत्पादन, पर्यटन प्रवद्र्धन, स्पेनिस र नेपाली भाषा एकअर्का देशका विद्यार्थीमा पठनपाठन, प्राज्ञिक व्यक्तित्वबीच शैक्षिक प्रवद्र्धन कार्यक्रम, आर्थिक अनुदान लगायतका उद्देश्यहरुसहित सहमति गरेका हुन् । सम्झौतापछि विश्वविद्यालयले फाउन्डेसनमार्फत स्पेन र युरोपमा सम्बन्ध विस्तार गर्ने विश्वास विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका संयोजक डा. सन्जिव हुमागाईले बताए ।

विश्वविद्यालयका उपकुलपति बज्राचार्यले विश्वविद्यालयले दश वर्षे रणनीति तय गरिहरको भन्दै यसले आगामी दिशा निर्दिष्ट गर्ने बताए । कोर बुद्धिष्ट दर्शनलाई सीप विकासमा प्रयोग गर्ने गरी अहिले विश्वविद्यालयले पठनपाठन गराइरहेको उनले बताए ।

फाउन्डेसनका अध्यक्ष जोशे म्यानुएल भिलानोभाले विश्वविद्यालयसँग सहकार्य गर्न पाउदा खुसी लागेको भन्दै बौद्ध दर्शन र शिक्षाको विकासमा सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । फाउन्डेसनले भैरहवा विमानस्थलमा साढे दुई अर्बको बुद्धमूर्ति राखेर काम थालेको बताउदै शिक्षाका क्षेत्रमा पनि काम हुने उनले बताए ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठीले फाउन्डेसनले बुद्ध स्थलको प्रवद्र्धनमा महत्वपूर्ण काम गरेको भन्दै विश्वविद्यालयसँगको सहकार्यले थप टेवा पुग्ने बताए । विश्वविद्यालयलाई विश्वका हरेक क्षेत्रबाट अध्ययन गर्न आउने थलोका रुपमा विकास गर्न सकिने उनले बताए ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ९ : ३१ बजे

आफूहरूको सम्पत्ति सार्वजनिक गरिदिन प्रधानमन्त्री कार्यालयलाई रास्वपाका मन्त्रीहरूको पत्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा रहेका उपप्रधानमन्त्री तथा

बुटवलको कालिकानगरबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ

बुटवल । बुटवलबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ परेका

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं । पाकिस्तान-अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी-२० विश्वकपको

अशोक राई नेतृत्वको नयाँ दल जसपा निर्वाचन आयोगमा दर्ता

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता

भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द

नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षा र