२४ बैशाख २०८१, सोमबार | May 6, 2024

एमाले महाधिवेशन प्रतिनिधि : लुम्बिनीमा सर्वसम्मतकै प्रयास, रोल्पा र पाल्पा-१ मा छानिए



बुटवल । नेकपा (एमाले)को आसन्न १० औँ राष्ट्रिय महाधिवेशनका लागि लुम्बिनी प्रदेशका जिल्लामा शनिबार प्रतिनिधि छनोट गरिँदैछ । लुम्बिनी प्रदेशका २६ वटा निर्वाचन क्षेत्रबाट प्रतिनिधि छान्न नेताहरू शुक्रबारदेखि नै सर्वसम्मतको प्रयासमा छन् ।

शुक्रबार बिहानदेखि भएको सर्वसम्मतिको प्रयास अधिकांश निर्वाचन निर्वाचन क्षेत्रमा सफल हुन सकेको छैन । अहिलेसम्म रोल्पा र पाल्पा-१ मा मात्र सर्वसम्मत प्रतिनिधि छनोट भएका छन् । एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष लिला गिरी अन्य जिल्लाका निर्वाचन क्षेत्रमा पनि सर्वसम्मतको प्रयास जारी रहेको र शनिबार साँझसम्म टुंग्याउने गरी प्रयास गरिरहेको बताए ।

लुम्बिनीका रुपन्देही, दाङ, बाँके लगायतका जिल्लाबाट सबैभन्दा धेरै प्रतिनिधि चयन हुँदैछन् । यी जिल्लामा आकांक्षी धेरै हुँदा मिलाउन सकस देखिएको छ । ‘समय लगाएर भएपनि सर्वसम्मत प्रतिनिधि चयनको प्रयास गर्छौं,’ अध्यक्ष गिरीले भने ।

रोल्पाबाट महिला कोटामा जुनमाया बुढा र इश्वरी जिएम, दलित कोटाबाट रिमा नेपाली र खुल्लातर्फ कुमार दशौंदी, पूर्ण बुढामगर, बालाराम बुढामगर र शान्तकुमार वली चयन भएको एमाले रोल्पा जिल्ला अध्यक्ष बालाराम बुढाले बताए ।

१५ जना प्रतिनिधि सहभागी हुने पाल्पा-१ मा ६ जना सर्वसम्मत भएका छन् । जसमा दुई महिला र चारजना पुरुष छन् । २ मा पनि सहमतिको प्रयास जारी राखिएको एमाले पाल्पाका अध्यक्ष नारायण आचार्यले जानकारी दिए ।

१८ जना प्रतिनिधि चयन हुने गुल्मीमा पनि सर्वसम्मत रुपमा प्रतिनिधि छनोटको प्रयास जारी छ । यसका लागि जिल्ला अध्यक्ष मधुकृष्ण पन्तसहितको सचिवालयलाई जिम्मेवारी दिइएको छ । ४३ जना आकांक्षीले हस्ताक्षर गरेर नेतृत्वलाई सर्वसम्मत रुपमा प्रतिनिधि छनोटको अधिकार दिएकाले शनिबार साँझसाँ टुंगो लगाइने अध्यक्ष पन्तले बताए ।

लुम्बिनीमा सबैभन्दा धेरै प्रतिनिधि रुपन्देहीबाट छानिँदै छन् । ३३ जना प्रतिनिधि छानिने रुपन्देहीमा आकांक्षी भने धेरै हुँदा नेतृत्वलाई व्यवस्थापनमा समस्या देखिएको छ । जिल्लामा १ सय जनाभन्दा धेरै आकांक्षीले महाधिवेशन प्रतिनिधि छान्न लविङ गरिरहेका छन् ।

कपिलवस्तुमा दलित कोटाबाट दुई जना सर्वसम्मत चयन भएका छन् । अन्यको टुंगो लागेको छैन । १९ जना प्रतिनिधि चयन हुने कपिलवस्तुमा पनि आकांक्षी धेरै हुँदा समय लागेको र सहमतिमै प्रतिनिधि चयन गर्ने प्रयास भैरहेको नेता भेषराज पाण्डेले बताए ।

एमाले अर्घाखाँचीका नेता शोभाखर पाण्डेले प्रतिनिधि छान्ने काम शनिबार सकिने बताए । सहमतिको प्रयास अन्तिम चरणमा पुगेको र जिल्लाबाट छानिने १६ जना प्रतिनिधिलाई सर्वसम्मत बनाइने उनले बताए । बाँके र बर्दियामा पनि सहमतिमा प्रतिनिधि छनोटको प्रयास भैरहेको एमाले लुम्बिनी प्रदेश अध्यक्ष गिरीले बताए ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ८ : २७ बजे

आफूहरूको सम्पत्ति सार्वजनिक गरिदिन प्रधानमन्त्री कार्यालयलाई रास्वपाका मन्त्रीहरूको पत्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा रहेका उपप्रधानमन्त्री तथा

बुटवलको कालिकानगरबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ

बुटवल । बुटवलबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ परेका

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं । पाकिस्तान-अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी-२० विश्वकपको

अशोक राई नेतृत्वको नयाँ दल जसपा निर्वाचन आयोगमा दर्ता

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता

भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द

नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षा र