१० बैशाख २०८३, बिहिबार | April 23, 2026

केपी ओली सर्वसम्मत फेरि अध्यक्ष : टोपबहादुर रायमाझी



काठमाडौं । माओवादी केन्द्र छाडेर एमाले रोजेका नेकपा एमाले स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले १०औं महाधिवेशनमार्फत सर्वसम्मत रुपमा केपी शर्मा ओली अध्यक्षमा चयन हुने घाेषणा गरेका छन् ।

शनिबार काठमाडौमा आयोजित एक कार्यक्रममा बोल्दै नेता रायमाझीले १०-१२ मंसिरमा चितवनमा सम्पन्न हुने राष्ट्रिय महाधिवेशनले ओलीलाई सर्वसम्मत फेरि अध्यक्ष चुनिने दाबी गरे ।

‘हामीले विधान महाधिवेशनमा विधान सर्वसम्मत पारित गर्‍यौ । अब नेतृत्व चयन गरिने हो । अब पार्टीमा नयाँ नेतृत्वको निर्माण गर्छौं । सायद, केपी शर्मा ओली सर्वसम्मत् अध्यक्ष हुनुहुन्छ ।’ उनले भने, -‘विधान अधिवेशनले पनि यो कुराको संकेत गरिसकेको छ,।’

एमालेले आफ्नो आन्तरिक काम सम्पन्न गरिसकेको भन्दै उनले स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनमा केन्द्रीत भएर अब संगठन विस्तारमा अघि बढ्ने बताए ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ८ : ५७ बजे

क्रियाशील पत्रकार महिला बाँकेको भित्तेपात्रो बिमोचन

नेपालगन्ज । बाँकेमा क्रियाशील पत्रकार महिला बाँकेले नयाँवर्षको शुभकामना आदान

भोलिदेखि नेपालगन्जमा ‘स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल’ : तयारी पूरा

नेपालगन्ज । भोलिबाट नेपालगन्जमा सुरु हुने ‘नेपालगन्ज स्ट्रीट फुड एन्ड

‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा

काठमाडौँबाट लुम्बिनीसम्म ‘शान्तिका लागि साइकलयात्रा’

काठमाडौँ । नेपालमा शान्तिको सन्देश फैलाउने उद्देश्यले ‘टुर डे लुम्बिनीःपेडल

सुकुम्बासी बस्ती खाली गराउन प्रहरीको माइकिङ

काठमाडौं । थापाथलीस्थित सुकुम्बासी बस्ती शनिबार बिहानदेखि खाली गराइने सूचना