४ आश्विन २०८३, आइतबार | September 20, 2026

विश्व मधुमेह दिवस : बुटवलमा साईक्लिङ र वाकाथन गरि मनाईयो



बुटवल । मधुमेह रोगको बारेमा जनचेतना जगाउने उदेश्यका साथ रुपन्देहीमा विविध कार्यक्रम गरिएको छ । विश्व मधुमेह दिवसको अवसर पारेर आईतबार शंकरनगर चोकस्थित केन सेन्टरबाट वाकाथन तथा बुटवलबाट साईक्लिङ कार्यक्रम गरिएको हो ।

‘मधुमेहलाई समयमा नै उपचार गरि ढुक्कसंग जीवन बिताऔ ।’ भन्ने नारासहित केन डाईबिटिस एण्ड थाईराईड सेन्टरको आयोजनामा लायन्स क्लब अफ शंकरनगर, लायन्स क्लब अफ शंकरनगर बाटिका, कस्तुरी फ्रिज घर, केसि अप्टिकल एण्ड आई केयर, निरामया डाईलोस्टिक्स, साइकल सिटी बुटवल, लायन्स क्लब अफ बुटवल स्टारर्स, माझगाउँ टोल विकास संस्थाको सहयोगमा कार्यक्रम गरिएको हो । कार्यक्रममा स्थानिय विभिन्न संघसंस्थाहरुबाट सहभागीता रहेको थियो ।

करीब ५ किलोमिटरको वाकाथन शंकरनगर ड्राईभरटोल, जानकीनगर, योगिकुटि, जानकीनगर हुँदै केन सेन्टरमा समापन गरिएको केन सेन्टरका संचालक दिनेश कक्षपतिले बताए । यसैगरि बुटवलबाट साईकल रयाली शंकरनगर पुगेर समापन भएको थियो । नसर्ने तथा दिर्घ रोग मधुमेहका बिरामीहरु न्युनिकरण गर्न सबै क्षेत्रबाट अभियान जरुरी रहेको उनले बताए । शहरी क्षेत्रहरुमा मधुमेहका बिरामीको संख्या धेरै रहेको भन्दै उनले यसको सहि जाँच र उपचार नहुदा विरामीहरु समस्यामा परेको उनले बताए।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  १२ : १२ बजे

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

नेपाली कांग्रेसको ७३ जिल्लामा वडा अधिवेशन सम्पन्न, बाँकी भोली हुने

काठमाडौं ।  नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत दोस्रो दिन

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन

बुटवलमा मंसिर २६ र २७ गते दोस्रो मगर साहित्य महोत्सव हुँदै

बुटवल । मगर समुदायको भाषा, साहित्य र कलाको पहिचान गर्दै