१२ आश्विन २०८३, सोमबार | September 28, 2026

अष्ट्रेलियाले पहिलोपटक जित्यो टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि



काठमाडौं । अष्ट्रेलियाले आइसिसी टी-ट्वान्टी विश्वकप क्रिकेट २०२१ को उपाधि जितेको छ । आइतबार राति भएको खेलमा न्युजिल्यान्डलाई ८ विकेटले स्तब्ध पार्दै अष्ट्रेलियाले पहिलोपटक टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि चुमेको हो ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा न्युजिल्यान्डले दिएको १ सय ७३ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १८.५ ओभरमा २ विकेट गुमाउँदै पुरा गरेको हो ।

अष्ट्रेलियाका लागि मिचेल मार्सले सर्वाधिक ७७ रनको योगदान दिए । ५० बलको समना गरेका उनी अविजित रहे । त्यस्तै, ओपनर डेविड वार्नले अर्धशतक प्रहार गरे । उनी ५१ रनमा आउट भए । ग्लेन म्याक्विेलले २८ रन जोडे ।

न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्डले २ विकेटले लिए । त्यसअघि टस हारेर ब्याटिङ थालेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७२ रन बनाएइको थियो । न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सनले सर्वाधिक ८५ रनको योगदान दिए । त्यस्तै, ओपनर मार्टिन गुप्टिलले २८ रन, ग्लेन फिलिप्सले १८ रन,जिमी निशमले १३ रन तथा ओपनर डर्याल मिचेल ११ रनमा क्याच आउट भए ।

अष्ट्रेलियाका लागि जोश हेजलवुडले ३ विकेट लिए भने स्पिनर एडम जाम्पाले १ विकेट लिए ।

योसँगै दोस्रोपटक फाइनलमा पुगेको अष्ट्रेलियाले पहिलोपटक टी-ट्वान्टी विश्वकपको उपाधि जितेको छ । यसअघि सन् २०१० को संस्करणमा अष्ट्रेलिया फाइनल पुगेपनि इंग्ल्याण्डसँग पराजय भोगेको थियो । न्युजिल्यान्ड भने पहिलोपटक टी-ट्वान्टी विश्वकपको फाइनलमा पुगेपनि उपविजेतामा चित्त बुझाउन बाध्य बन्यो ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ६ : ५० बजे

बाढीपहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध

गुल्मी । एक सातादेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका

चोलेन्द्र प्रकरणबारे नेपाल बार – ‘न्यायालयमाथिको दबाब र प्रभाव डटेर सामना गर्छौं’

पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति नेपाल बारको आपत्ति, ‘न्यायालयमाथिको दबाब र प्रभाव

देउवा कांग्रेसको महाधिवेशनमा सभापतिको उम्मेदवार बन्न ३० हजार शुल्क, कुन पदमा कति ?

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूह समानान्तर महाधिवेशनको

सेयर बजार १६ अंकभन्दा बढीले घट्यो, कारोबार ५ अर्ब ३८ करोड

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार परिसूचक

मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध

मुस्ताङ । मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध