१३ श्रावण २०८३, बुधबार | July 29, 2026

एमाले १० औँ महाधिवेशन : लुम्बिनीबाट छानिए २०७ प्रतिनिधि, खुलामा महिला प्रतिस्पर्धा नै छैन



बुटवल । नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशनका लागि लुम्बिनी प्रदेशबाट २०७ जना प्रतिनिधि छानिएका छन् । खुला प्रतिस्पर्धाबाट १४५ जना र महिलाबाट ६२ जना छानिएको एमाले लुम्बिनी प्रदेश अध्यक्ष लिला गिरीले बताए ।

१४५ जनाको खुला प्रतिस्पर्धाबाट आएका छन् । तर खुलामा महिलाको उम्मेदवारी परेन । उम्मेदवारी नै नपरेकाले खुला प्रतिस्पर्धाबाट महिलाको सहभागिता शून्य छ । खुल्लातर्फ अन्य पुरुष ९२ जना, जनजाती पुरुष २४ जना, दलित पुरुष २० जना, मधेसी पुरुष ६ जना र मुस्लिम पुरुष तीन निर्वाचित भएका छन् । ‘कुनै पनि महिलाको खुलातर्फ मनोनयन नै परेन, चुनिएका सबै महिला आरक्षण कोटाबाट मात्रै प्रतिनिधि भएका छन्,’ उनले भने ।

महिलातर्फ अन्य महिला ४२ जना, दलित महिला नौ जना, जनजाती महिला १० जना र मधेसी महिला एकजना गरी ६२ जना निर्वाचित भएका छन् । निर्वाचित भएका सबै महिला आरक्षित कोटाबाट चुनिएको एमाले प्रदेश अध्यक्ष गिरीले बताए ।

कतिपय जिल्लामा निर्वाचन हुँदा महिला कोटामा उम्मेदवारी दिएका प्रदेशसभा सदस्य पराजित भएका छन् । रुपन्देहीबाट जिफन्ट राष्ट्रिय कमिटी उपाध्यक्ष एवं बुटवल उपमहानगरपालिका उपप्रमुख गुमादेवी आचार्य, तिलोत्तमा नगरपालिका उपप्रमुख जगेश्वरदेवी चौधरी, देवदह नगरपालकाकी उपप्रमुख विद्यालक्ष्मी गुरुङ, लुम्बिनी प्रदेश कमिटी सदस्य सावित्रा अर्यालसमेत आरक्षण कोटाबाट प्रतिनिधि छानिएका छन् ।

पार्टी नेताहरुको आग्रह अनुसार खुलामा लड्ने चाहना हुँदाहुँदै पनि आरक्षण कोटाबाट प्रतिनिधि बन्न बाध्य भएको एमाले प्रदेश कमिटी सदस्य सावित्रा अर्यालले बताइन् । नवलपरासी र रुपन्देहीबाट अधिकांश जिल्लामा सर्वसम्मत प्रतिनिधि चयन भएको एमाले लुम्बिनी प्रदेश कमिटीले जनाएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  १ : १५ बजे

सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता

काठमाडौँ । सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र

प्रधानमन्त्री शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतामा वालेन्द्र शाह

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौँ । सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ