४ पुस २०८२, शुक्रबार | December 20, 2025

पश्चिम तराईमा सबै जनतालाई कोभिड विरुद्धको खोप लगाउने पहिलो जिल्ला बन्दै बर्दिया



बर्दिया । बर्दिया जिल्लामा १८ बर्ष भन्दा बढि उमेरका सबै जनतालाई कोभिड १९ विरुद्ध खोप लगाईने भएको छ । बर्दिया जिल्लामा हाल सम्म लगाउन बाँकी रहेका सबैलाई कोभिड १९ विरुद्धको खोप लगाउने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार बर्दियामा हाल सम्म खोप लगाउन मिल्ने १८ बर्ष भन्दा माथिका ३७ प्रतिशतले मात्र खोप लगाएका छन् । बर्दिया जिल्लामा १८ बर्ष भन्दा माथिका दुई लाख ७८ हजार १६ जना रहेकोमा हाल सम्म पहिलो डोज खोप लगाएका एक लाख १६ हजार तिन १७ जना रहेका छन् भने दुई डोज खोप लगाएका एक लाख एक हजार चार सय ९७ रहेका छन् । बर्दियामा एक डोज पनि खोप नलगाएकाको संख्या एक लाख ६१ हजार ६ सय ९९ जना रहेको छ । सुरुमा पहिलो डोज खोप लगाईने र दोस्रो डोज खोपको लागि माग गर्ने स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताए । उनले पश्चिम तराईमा सबै जनतालाई खोप लगाउने पहिलो जिल्ला बर्दिया भएको दाबी पनि गरे ।

बर्दिया जिल्लाका बाढि प्रभावित क्षेत्र राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा सोमबार देखि खोप लगाउन सुरु गरीएको छ । भने आगामी मंसिर ८ गते देखि १८ गते सम्म बर्दिया जिल्लाका ६ ओटा पालिकामा खोप लगाईने स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।

सबै जनतालाई खोप लगाउने अभियान सञ्चालन गरीने भएपनि कतिपयले खोप लगाउन नजाने र जिल्ला देखि बाहिर रहेकाहरुले सबै जनालाई खोप लगाउन चुनौती देखिएको प्रमुख गिरीले बताए ।

बर्दियामा पहिलो चरणमा १५ हजार ९ सय १७ पीसीआर टेस्ट गरेकोमा एक हजार ४ सय ४२ जनामा पोजेटिभ देखिएको थियो । त्यसैगरी दोस्रो चरणमा चार हजार तिन सय ३६ जनामा पीसीआरआर टेस्ट गरेकोमा दुई हजार दुई सय ९६ पोजेटिभ देखिएको थियो । भने १० हजार ४४ जनामा एन्टिजेन टेष्ट गरीएकोमा तिन हजार २ सय ८६ जनामा पोजेटिभ देखिएको थियो । त्यसैगरी बर्दिया जिल्ला भन्दा बाहिर भएको परिक्षणमा एक हजार ९ सय २८ जनामा कोरोना पोजेटिभ देखिएको थियो । बर्दिया जिल्लामा हाल सम्म दुई सय ३८ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  १० : ३६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको