७ आश्विन २०८३, बुधबार | September 23, 2026

स्वदेशमा काम पाइँदैन विदेश जाने श्रम स्वीकृति लिन सेवाग्राहीलाई झन्झट



बुटवल । कपिलबस्तुका अकबर मुद्धिन मुसलमान छोराको पुनः श्रम स्वीकृति बनाउन बुटवल धाएको ४ दिन भयो । बल्लतल्ल मंगलबारको टोकन पाएका उनि पेट्रोलियम पदार्थको बिरोध गर्दै विप्लब माओवादीको बन्दका कारण त्यो दिन कार्यालय उपस्थित हुन सकेनन । बुधबार टोकनको म्याद सकिएको भन्दै उनको काम भएन । ‘अब फेरि अर्को टोकन लिनुपर्ने भयो ।’– दुखी हुदै उनले भने । बल्लतल्ल टोकन लिएका उनि श्रमको काम रोकिदा अब छोराको आईतबारको बिदेश उड्ने टिकट के गर्ने दोधारमा छन ।

सैनामैना ६ रुपन्देहीका होमनाथ पुरी लामोसमयदेखि दुबईमा रोजगार गर्दै आएका छन । दशैतिहारको बिदापछि काममा फर्कन चाहेका उनि श्रम स्वीकृतिको काम रोकिदा समस्यामा परेका छन । एक हप्ता बढी समयदेखि निरन्तर श्रम कार्यालय धाएका उनि यसअघि सोही पेपरबाट काम हुदै आएकोमा अहिले रोकिनुपरेको गुनासो गर्छन् ।

कपिलबस्तुका शकिल अहमद दुईपटक कार्यालय आए तर श्रम स्वीकृतिको काम नभएको बताउछन । बल्ल बल्ल टोकन पाएका उनि बन्दका कारण समयमा कार्यालय आउन नसक्दा फेरि दोस्रो पटक कुपन लिनुपर्ने भएको बताउछन । ‘एकातिर समय अर्कोतर्फ पैसा दुबै खर्च भएको छ ।’– उनले भने ।

शुक्रबार देखि पुनःश्रम स्वीकृति बनाउन आएको अर्घाखाचीका पिताम्बर पाण्डे पनि निक्कै समस्यामा छन । फर्म भर्ने दलालहरुले आजभाली टोकल आउछ भन्दा भन्दै लामो होटलको बास बसेका उनि बताउछन । ‘हामी समस्यामा छौ ।’– उनले भने ।

विदेशमा रोजगार गर्न जाने सेवाग्राहीलाई सहज र सहुलियत पुनः श्रम स्वीकृतिको सेवा दिने गरि स्थापना भएको प्रदेशस्तरका श्रम तथा रोजगार कार्यालयमा सेवाग्राहीले सास्ती बेहोर्नुपरेको अधिकाश सेवाग्राहीहरुको गुनासो छ । २०७४ पुस १५ गतेबाट बुटवलमा स्थापना भएको श्रम तथा रोजगार कार्यालयमा करिब १ सय ७३ वटा देशमा जाने सेवाग्राहीलाई पुनः श्रम स्विकृति दिने गरेको कार्यालयले जनाएको छ । न्युन कर्मचारीको दरबन्दी र फितलो ब्यवस्थापन कै कारण सेवाग्राहीले समयमा सेवा नपाउने गरेको अधिकाशको गुनासो छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा ब्यवसाय जन्य सुरक्षा विभाग बुटवलका शाखा प्रमुख दामोदर ज्ञवालीले कोभिड १९ कम हुदै जादा र दशै तिहार पछि धेरै रोजगारबाट फर्किएकाहरु सेवालिन कार्यालयमा निक्कै भिड बढेको स्वीकार्छन ।

सेवाग्राहीलाई सहज सेवा दिने उद्येश्यका साथ सफटवेयर सिस्टमबाट फर्म भरिने गरिनु र टोकटको ब्यवस्था गरिँदा सेवाग्राहीलाई केही झन्झटीलो देखिएको उनले बताए । दैनिक १ सय ५० जनालाई सेवादिन सकिने क्षमता भएको कार्यालयमा क्षमताभन्दा बढी सेवाग्राहीको चाप पनि अर्को समस्या भएको उनले बताए । ‘दैनिक ३ सय बढि सेवाग्राही आउने गर्छन ।’– उनले भने । जुन दिनको लागि टोकट दिइन्छ त्यो त्यही दिन एक्सपाएर हुने ब्यवस्था हुदा त्यो फेरि लिनुपर्ने सेवाग्राहीलाई झन्झट रहेको उनि बताउछन ।

श्रम कार्यालयमा बैदेशिक रोजगारमा काम गर्ने ७ जनासहित १३ जना कर्माचारीहरु छन । बुटवल पायक पर्ने २० बढि जिल्लाका सेवाग्राहीहरु भिड हुने भएकाले पनि ढिलाई हुने गरेको ज्ञवालीले बताए । श्रम स्विकृतिका लागि सात वटै प्रदेशमा कार्यालय स्थापना गरिएको छ । काठमाडौ, पोखरा र बुटवलमा सबैभन्दा बढि भिड हुने गरेको सम्बन्धित कार्यालयहरुले जनाएका छन् । श्रम कार्यालयका अनुसार देशभरमा दैनिक १ हजार ५ सय वैदेशिक रोजगारमा जाने ब्यक्तिले श्रम स्वीकृति लिने गरेका छन ।

 

 

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ९ : ५० बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज