२४ बैशाख २०८१, सोमबार | May 6, 2024

ठेकेदारको लापरबाहीले पुल अलपत्र



उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका-४ सुन्दरी खोलामा निर्माणाधीन मोटेरेबल पक्की पुल ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको छ ।

चौदण्डीगढी नगरपालिका वडा-४ बसाहा चिचाई टोल र वडा-५ ढेलाचौरी बीचमा रहेको सुन्दरी खोलाको पुल निर्माणमा ठेकेदारले चासो नदिँदा अलपत्र परेको हो ।

सुन्दरी खोला निर्माणाधीन मोटेरेबल पक्की पुल साढे ११ मिटर चौडाइ र साढे ६२ मिटर लम्बाइ रहेको छ । रामजानकी निर्माण सेवा कम्पनीले एक वर्षमा सक्नुपर्ने योजना तीन वर्ष बितिसक्दासमेत काम हुन सकेको छैन । निर्माण कम्पनीले वारिपारि दुईवटा पिल्लर उठाएर ठेकेदार बेपत्ता भएपछि एक वर्षमा सकिनुपर्ने काम नसकिएको हो । अब स्ल्याब मात्र राख्न बाँकी छ ।

तीन वर्ष बितिसक्दा पनि निर्माण कार्य सम्पन्न नहुँदा स्थानीयबासीले वर्षायाममा बाढीको समयमा वारिपारि आउजाउ गर्न सास्ती खेप्नुपरेको स्थानीय रमेश बिष्टले बताए । निर्माण कम्पनीका ठेकेदार शम्भु ठाकुरले केही दिनमा पुनः निर्माणको काम सुरु हुने बताए । ‘आगामी जेठ मसान्तभित्रमा सक्नुपर्ने दबाब छ मलाई, त्यसैले चाँडै काम सुरु हुनेछु, उनले भने । सो पुल ११ करोड रुपैयाँमा ठेक्का लगाइएको थियो ।

त्यसैगरी बसाहा शनिबारेस्थित कालीखोलाको पुलमा स्ल्याब हालिसकिएकनले त्यहाँको पनि काम चाँडै सक्ने ठेकेदार ठाकुरले बताए । दुवै पुल एउटै निर्माण कम्पनीले ठेक्का लिएको हो । निर्माण कम्पनीका इञ्जिनियर सुरेन्द्र सिंहले भने, ‘काम छाडेको छैन । त्यही कामका लागि इक्विपमेन्टहरू पठाउने काम भइरहेको छ । छिट्टै काम थाल्नेछौँ ।’

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार  ७ : ३२ बजे

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,

आफूहरूको सम्पत्ति सार्वजनिक गरिदिन प्रधानमन्त्री कार्यालयलाई रास्वपाका मन्त्रीहरूको पत्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा रहेका उपप्रधानमन्त्री तथा