९ भदौ २०८३, मंगलबार | August 25, 2026

आन्तरिक निर्वाचनले कसैमा कुनै तिक्तता र रिक्तता हुनु हुन्न : डा. महत



काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा। प्रकाशशरण महतले आन्तरिक निर्वाचनले कसैमा कुनै तिक्तता र रिक्तता हुन नहुने बताएका छन् ।

कांग्रेसको १४औं महाधिवेशनको क्रममा आज काठमाडौं क्षेत्र नं ५ को प्रदेश ‘क’ र ‘ख’ का प्रदेश सभा क्षेत्रीय अधिवेशनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । प्रदेश सभा ‘क’ को अधिवेशन विशाल मिलन केन्द्र र प्रदेश सभा ‘ख’ को अधिवेशन अनुप्रस्थ पार्टी प्यालेसमा भइरहेको छ ।

सहमहामन्त्री महतले पार्टीको आन्तरिक निर्वाचनमा भरसक सहमतिमा नेतृत्व चयन भए अझ राम्रो हुने उल्लेख गर्दै भने, ‘यो पार्टीको अधिवेशन हो । नेतृत्वका लागि हामीबीच प्रतिस्पर्धा भइरहेको छ । तर हामीले निर्वाचनमा वास्तविक प्रतिस्पर्धा त अन्य राजनीतिक दलसँग गर्नुपर्दछ । तसर्थ निर्वाचनमा सहभागी हुने सम्पूर्ण साथीहरूलगायत निर्वाचित हुने प्रदेश समितिले आफ्नो सम्पूर्ण ध्यान आउने निर्वाचनमा पार्टीलाई जिताउन लगाउनुपर्दछ ।’

उनले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई खेलको जसरी सहज रूपमा लिन आग्रह गरे । ‘निर्वाचनको परिणाम आएपछि पनि प्रतिस्पर्धी साथीहरूबीच रहेको सद्भाव र एकता पूर्ववत् रहनुपर्दछ । अझ सौहार्द र घनिष्ठ बन्नुपर्दछ । यो निर्वाचनको नतिजा आएपछि कुनै तिक्तता र रिक्तता नरहोस्,’ महतले भने ।

नेपाली कांग्रेसको १४ महाधिवेशनको क्रममा आज देशभरका ४६ जिल्लामा प्रदेशसभा क्षेत्रीय अधिवेशन हुँदैछ । महाधिवेशनको क्रममा ६ मंसिरमा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशन हुँदैछ । त्यस्तै एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाहरुको जिल्ला अधिवेशन १० मंसिर र प्रदेश अधिवेशन १६ र १७ मंसिरमा हुँदैछ ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  १ : ५२ बजे

पूर्वसैनिकको ड्रागन फ्रुटखेती : वार्षिक ६० लाखसम्म आम्दानी

सुनसरी । आकर्षक बगैँचा । लटरम्म फलेका फल । अनि

जुम्लाका तीन स्थानीय तहमा फलफूल बगैँचा कार्यक्रम

जुम्ला । जुम्लाका आठ स्थानीय तहमध्ये तीन स्थानीय तहमा फलफूल

पालिकालाई जग्गा, दातालाई घडेरीः रघुगङ्गाको आफ्नै भवन बन्दै

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले चक्लाबन्दी विधिबाट जग्गा व्यवस्थापन गरी

पूर्ण खोप अभियानले पशु रोगको जोखिम घटायो

तनहुँ । तनहुँमा पशु तथा चौपायामा लाग्ने सङ्क्रामक रोग नियन्त्रणका

धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका

बागमती । अशोक वृक्षको छहारीमा सीता र त्रिजटाको मूर्ति ।