२२ असार २०८३, सोमबार | July 6, 2026

गृहमन्त्री बालकृष्ण खाँणकै गृह जिल्लामा स्वकीय सचिव पराजित



बुटवल । प्रदेश प्रतिनिधिको रुपमा उम्मेदवारी दिएका गृहमन्त्री बालकृष्ण खाँणका स्वकिय सचिव पराजित भएका छन् ।

को १४औँ महाधिवेशन अन्तर्गत भएको रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ (क) बाट लुम्बिनी प्रदेश प्रतिनिधिको उम्मेदवारी दिएका विजेश न्यौपाने पराजित भएका हुन् ।

उक्त क्षेत्रमा रामचन्द्र पौडेल समूहको पुरै प्यानल विजयी भएको छ । बुटवल उपमहानगर र तिलोत्तमा नगरका विभिन्न वडा समेटेर बनेको क्षेत्र नम्बर २ ९क० खाँणको बलियो पकड भनिएको क्षेत्र हो । यही क्षेत्रबाट उम्मेदवार बनेका लुम्बिनी प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनौडियाका स्वकीय सचिव समेत पराजित भएका छन् । निर्वाचन समितिले दिएको जानकारीअनुसार खड्कबहादुर महत नेतृत्वका अधिकांश उम्मेदवारले जित हासिल गर्दा देउवा समूहका दुई जना मात्र चयन भएका छन् ।

यस्तै, रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ (ख) मा समेत खाँण पक्ष कमजोर देखिएको छ । यो क्षेत्रमा पनि पौडेल समूहका अधिकांश पदाधिकारी तथा सदस्य प्रतिनिधि चयन भएका छन् । यो क्षेत्रमा पौडेल समूहका पर्शुराम ढकालको प्यानल विजयी हुँदा देउवा समूहका रामेश्वर श्रेष्ठको प्यानल पराजित भएको छ ।

निर्वाचन क्षेत्र नम्बर ३ (क) मा भने देउवा पक्षको आक्रमणबाट पौडेल समूहका उम्मेदवारसहित कार्यकर्ता घाइते भएपछि मतगणना स्थगित भएको छ । क्षेत्र नम्बर ३ (ख) मा देउवा समूहका घनश्याम चालिसे नेतृत्वको पुरै प्यानलले जित हासिल गरेको छ ।

निर्वाचन क्षेत्र नम्बर ४ (क) मा महामान्त्री शशांक कोइराला निकट शिवकुमार यादव र ४ (ख) मा कोइराला निकट नै श्रीराम यादव नेतृत्वको पुरै प्यानल निर्वाचित भएको छ । यस्तै, क्षेत्र नम्बर ५ (क) रामबहादुर थापा नेतृत्वको प्यानल विजयी भएको छ भने (ख) मा यसअघि नै निर्विरोध भइसकेको छ । दुवै क्षेत्रमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाह पक्षका उम्मेदवार छानिएका हुन् ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  १ : ४२ बजे

चौबीस घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार १७६

रुपन्देहीमा बोरिङको भरमा धान रोपाईं

भैरहवा । मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा रुपन्देहीका

पोखरा-दुबई उडान दिगो बनाउन पहल

पोखरा । आगामी सेप्टेम्बर २३ देखि सुरु हुने पोखरा–दुबई हवाई

पाँच पटकको विजेता ब्राजिलमाथि नर्वेको सनसनीपूर्ण जित, हालान्डले गरे दुई गोल

काठमाडौं । एर्लिङ हालान्डको गोलमा पाँचपटकको विश्वकप विजेता ब्राजिललाई पराजित

आजको मौसम : केही स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।