११ श्रावण २०८३, सोमबार | July 28, 2026

क्यूआर कोड र ई-सेवाबाट एमालेले उठायो २० लाख चन्दा



काठमाडौं । नेकपा एमालेले आसन्न १० औं महाधिवेशनका लागि क्यूरआर कोड र ई-सेवामार्फत २० लाख रुपैँया चन्दा संकलन गरेको छ ।

एमालेले गत २६ कात्तिकमा पार्टीका संगठित सदस्यहरूबाट चन्दा उठाउने प्रयोजनका लागि नेपाल राष्ट्र बैंक टेकुमा रहेको खाता नम्बरसँगै क्यूआर कोड सार्वजनिक गरेको थियो ।

एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार नौ दिनको अवधिमा कार्यकर्ताले क्यूआरकोड र ई-सेवामार्फत २० लाख रुपैयाँ जम्मा गरिसकको जानकारी दिए ।

उनका अनुसार अधिकांश संगठित सदस्यले १०० रुपैयाँका दरले र प्रवासमा रहेका नेपालीले इच्छाअनुसार रकम पठाइरहेको जानकारी दिए ।

‘हालसम्म क्यूआर कोड र ई-सेवाबाट २० लाख रुपैयाँ जम्मा भएको छ, यो ठ्याक्कै हिसाब होइन, खातामा थप रकम पनि जम्मा भएको छ, हिसाब सार्वजनिक गर्छौ’, तामाङले भने ।

एमालेले कार्यकर्ता र सुभेच्छुकलाई न्युनतम १०० रुपैयाँ बैंक खातामा जम्मा गर्न आग्रह गर्दै खाताको क्यूआर कोड सार्वजनिक गरेको हो ।

महाधिवेशनका लागि लोगो सार्वजनिकसँगै एमालेले चन्दा प्रयोजनका लागि क्यूआर कोडसँगै ई-सेवा र फोनपेबाट न्युनतम १०० रुपैयाँ जम्मा गर्न भनेको थियो ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ५ : ०५ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला