११ श्रावण २०८३, सोमबार | July 28, 2026

मोतिपुर औद्योगिक क्षेत्र अतिक्रमण गर्नेहरुको पक्षमा खुले गृहमन्त्री खाण, क्षेत्रफल घटाएर उद्योग स्थापना गर्ने घोषणा



बुटवल । गृहमन्त्री बालकृष्ण खाण रुपन्देहीको मोतिपुरमा औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्नेहरुको पक्षमा उभिएका छन् । लायन्स आँखा अस्पतालको रजत महोत्सवको कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा गृहमन्त्री खाणले खुलेरै औद्योगिक क्षेत्रको जग्गामा बसोबास गरिरहेका मोतिपुर फर्साटिकर र अमुवाका जनताको पक्षमा आफु रहेको बताए ।

रजत महोत्सव समारोहलाई सम्बोधन गर्दै उनले मोतिपुर औद्योगिक क्षेत्रको क्षेत्रफल घटाएर भएपनि औद्योगिक क्षेत्रको जग्गामा बसिरहेकालाई हटाउन नहुने बताए । उनले मञ्चबाटै रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिँदै भने, ‘बसोबास गरिरहेका जनतालाई अहटाईकन उद्योग स्थापनाको व्यवस्था मिलाउनु होस् । देश उनीहरुको पनि हो ।’

गृहमन्त्री खाणले एमाले उपमहासचिव विष्णु पौडेल र मञ्चमा बसिरहेका लुम्बिनी प्रदेशसभा सदस्य भोज प्रसाद श्रेष्ठ प्रति संकेत गर्दै बुटवललाई राजधानी बनाउँछु भनेर जनतासँग भोट मागेर राजधानी अन्तै सार्ने काम गरेको टिप्पणी गरे ।

उनले  देउवा नेतृत्वको सरकार बनेपछि प्रहरी संगठनमा व्यापक सुधार भएको दाबी गर्दै सरकारले परिचर र सिपाहीलाई सोही पदबाट पेन्सन पाक्ने परम्पराको अन्त्य गरेको जानकारी दिए । परिचर प्रहरी जवानबाट पेन्सन हुने र प्रहरी जवान सहायक हवल्दारबाट पेन्सन निस्कने प्रवन्ध सरकारले मिलाउने तयारी गरेको खाणले जनाए ।

उनले लायन्स आँखा अस्पतालले आँखाको महत्वलाई उजागर गरिदिएको बताउँदै आफुले गृहमन्त्रालय मातहतका अस्पतालहरुमा आँखा विभाग स्थापना गर्ने घोषणा गरे ।

उनले भैरहवाबाटै अन्तर्राष्ट्रिय उडान सुरु गर्न सरकार प्रयत्नशील रहेको भन्दै त्यसलाई पूरा गराउन प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षीलाई उडान इजाजतको लागि प्रस्ताव राखिसकेको जानकारी दिए ।

लायन्स आँखा अस्पतालका अध्यक्ष रामेश्वर श्रेष्ठको अध्यक्षतामा भएको रजत महोत्सव समारोहमा आँखा अस्पतालमा योगदान गर्ने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ५ : ३३ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला