२२ असार २०८३, सोमबार | July 6, 2026

नेतृत्व छान्ने महाधिवेशनमा विधान संशोधन हुन्न : एमाले प्रवक्ता ज्ञवाली



काठमाडौं । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले विधान महाधिवेशनबाट पारित एमाले बिधानमा अब संशोधन नहुने बताएका छन् ।

नेकपा एमालेको १० औंं महाधिवेशन तयारीका बिषयमा प्रेस चौतारी उपत्यका प्रदेश कमिटीले आइतबार आयोजना गरेको अन्त्रक्रियामा बोल्दै एमाले सचिवसमेत रहेका प्रवक्ता ज्ञवालीले विधान संशोधन गर्न सकिने भए पनि नेतृत्व चयन गर्ने महाधिवेशनबाट यो कार्य नहुने प्रष्ट पारे ।

‘पहिलो विधान महाधिवेशनमा सुविचारित रूपमै पदाधिकारी संख्या कायम गरिएको छ, एमाले जस्तो पार्टीमा १५ जना पदाधिकारी राख्ने कुरा निकै चुनौतीपूर्ण नै हो सयभन्दा बढी पदाधिकारी हुन योग्यतम साथीहरू हुनुहुन्छ, तर हामी त्यही १५ भित्रै योग्यतम नेतृत्व चयन गर्ने भनेर नै विधानमा व्यवस्था गरिएको हो’, उनले भने, ‘महाधिवेशनले विधान संशोधन गर्न सक्ने भए पनि अहिले त्यसतर्फ एमाले जाँदैन, यसैमा मिलाउँछ ।’

ज्ञवालीले दशौं महाधिवेशनपछि एमाले राष्ट्रिय स्वधीनता, राजनीतिक स्थिरता र समृद्धिको संकल्प लिएर शसक्त रूपमा अघि बढने बताए ।

उनले महाधिवेशमा सहमतिको आधारमा नेतृत्व चयन गर्ने अधिकतम प्रयत्न हुने जानकारी दिदै भने, ‘सहमतिको आधारमा नेतृत्व चयन गर्ने अधिकतम कोसिस हुन्छ, सम्भव भएन भने पनि उच्चतम समझदारी कायम हुनेछ ।’

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ५ : ५० बजे

सहआयोजक मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा

काठमाडौं । इङ्ग्ल्यान्ड फिफा विश्वकप, २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको

चौबीस घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार १७६

रुपन्देहीमा बोरिङको भरमा धान रोपाईं

भैरहवा । मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा रुपन्देहीका

पोखरा-दुबई उडान दिगो बनाउन पहल

पोखरा । आगामी सेप्टेम्बर २३ देखि सुरु हुने पोखरा–दुबई हवाई

पाँच पटकको विजेता ब्राजिलमाथि नर्वेको सनसनीपूर्ण जित, हालान्डले गरे दुई गोल

काठमाडौं । एर्लिङ हालान्डको गोलमा पाँचपटकको विश्वकप विजेता ब्राजिललाई पराजित