४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेतृत्व छान्ने महाधिवेशनमा विधान संशोधन हुन्न : एमाले प्रवक्ता ज्ञवाली



काठमाडौं । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले विधान महाधिवेशनबाट पारित एमाले बिधानमा अब संशोधन नहुने बताएका छन् ।

नेकपा एमालेको १० औंं महाधिवेशन तयारीका बिषयमा प्रेस चौतारी उपत्यका प्रदेश कमिटीले आइतबार आयोजना गरेको अन्त्रक्रियामा बोल्दै एमाले सचिवसमेत रहेका प्रवक्ता ज्ञवालीले विधान संशोधन गर्न सकिने भए पनि नेतृत्व चयन गर्ने महाधिवेशनबाट यो कार्य नहुने प्रष्ट पारे ।

‘पहिलो विधान महाधिवेशनमा सुविचारित रूपमै पदाधिकारी संख्या कायम गरिएको छ, एमाले जस्तो पार्टीमा १५ जना पदाधिकारी राख्ने कुरा निकै चुनौतीपूर्ण नै हो सयभन्दा बढी पदाधिकारी हुन योग्यतम साथीहरू हुनुहुन्छ, तर हामी त्यही १५ भित्रै योग्यतम नेतृत्व चयन गर्ने भनेर नै विधानमा व्यवस्था गरिएको हो’, उनले भने, ‘महाधिवेशनले विधान संशोधन गर्न सक्ने भए पनि अहिले त्यसतर्फ एमाले जाँदैन, यसैमा मिलाउँछ ।’

ज्ञवालीले दशौं महाधिवेशनपछि एमाले राष्ट्रिय स्वधीनता, राजनीतिक स्थिरता र समृद्धिको संकल्प लिएर शसक्त रूपमा अघि बढने बताए ।

उनले महाधिवेशमा सहमतिको आधारमा नेतृत्व चयन गर्ने अधिकतम प्रयत्न हुने जानकारी दिदै भने, ‘सहमतिको आधारमा नेतृत्व चयन गर्ने अधिकतम कोसिस हुन्छ, सम्भव भएन भने पनि उच्चतम समझदारी कायम हुनेछ ।’

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ५ : ५० बजे

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१