२२ असार २०८३, सोमबार | July 6, 2026

गण्डकीका आठ जिल्लामा आज कांग्रेस क्षेत्रीय अधिवेशन, कास्कीमा आजै मतदान



पोखरा । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत आज सोमबार गण्डकीका आठ जिल्लामा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सुरु हुँदैछ । गण्डकीका मनाङ, मुस्ताङ र गोरखामा यसअघि नै अधिवेशन सम्पन्न भइसकेको छ ।

कास्कीमा क्षेत्रीय अधिवेशनका लागि आइतबार नै मनोनयन दर्ता भइसकेकाले आज मतदान हुनेछ । अन्य जिल्लामा भने आज मनोनयन कार्यक्रम राखिएको छ ।

तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा प्यानलसहित चुनाव हुनेछ । कास्की १ मा पूर्वमन्त्री यज्ञबहादुर थापा र जिल्ला सभापति कृष्ण केसीका छुट्टाछुट्टै प्यानल छन् । केन्द्रमा यी दुवै नेता रामचन्द्र पौडेल समूहमा छन् । थापाको टीममा केही सभापति शेरबहादुर देउवा समूहका नेताहरु पनि समेटिएका छन् भने केसीले पूरै आफ्नो मात्रै प्यानल बनाएका छन् ।

कास्की १ सभापतिमा बुद्धिमान गुरुङ र राजेन्द्रमणी लामिछानेबीच प्रतिस्पर्धा हुनेछ । सचिव र सहसचिवमा ४र४ जनाको उम्मेदवारी परेको छ ।

२ मा सभापतिका लागि पुण्डरीप्रसाद बराल र केशरप्रसाद निर्दोशी प्रतिस्पर्धी बनेका छन् । ३ को सभापतिका तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङ र कांग्रेस नेता खिमलाल बास्तोला प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  १० : २१ बजे

अन्तरजातीय विवाह गरेका २५ जोडी सम्मानित

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाले दलित समुदायसँग अन्तरजातीय विवाह गरेका

अन्ततः आमिर खानले गरे ६१ बर्षमा तेस्रो विवाह

मुम्बई । ‘वास्तविक जीवनमा होइन, केवल कथाहरूमा मात्र दोस्रो मौका

सहआयोजक मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा

काठमाडौं । इङ्ग्ल्यान्ड फिफा विश्वकप, २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको

चौबीस घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार १७६

रुपन्देहीमा बोरिङको भरमा धान रोपाईं

भैरहवा । मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा रुपन्देहीका