४ पुस २०८२, शुक्रबार | December 19, 2025

गण्डकीका आठ जिल्लामा आज कांग्रेस क्षेत्रीय अधिवेशन, कास्कीमा आजै मतदान



पोखरा । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत आज सोमबार गण्डकीका आठ जिल्लामा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सुरु हुँदैछ । गण्डकीका मनाङ, मुस्ताङ र गोरखामा यसअघि नै अधिवेशन सम्पन्न भइसकेको छ ।

कास्कीमा क्षेत्रीय अधिवेशनका लागि आइतबार नै मनोनयन दर्ता भइसकेकाले आज मतदान हुनेछ । अन्य जिल्लामा भने आज मनोनयन कार्यक्रम राखिएको छ ।

तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा प्यानलसहित चुनाव हुनेछ । कास्की १ मा पूर्वमन्त्री यज्ञबहादुर थापा र जिल्ला सभापति कृष्ण केसीका छुट्टाछुट्टै प्यानल छन् । केन्द्रमा यी दुवै नेता रामचन्द्र पौडेल समूहमा छन् । थापाको टीममा केही सभापति शेरबहादुर देउवा समूहका नेताहरु पनि समेटिएका छन् भने केसीले पूरै आफ्नो मात्रै प्यानल बनाएका छन् ।

कास्की १ सभापतिमा बुद्धिमान गुरुङ र राजेन्द्रमणी लामिछानेबीच प्रतिस्पर्धा हुनेछ । सचिव र सहसचिवमा ४र४ जनाको उम्मेदवारी परेको छ ।

२ मा सभापतिका लागि पुण्डरीप्रसाद बराल र केशरप्रसाद निर्दोशी प्रतिस्पर्धी बनेका छन् । ३ को सभापतिका तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङ र कांग्रेस नेता खिमलाल बास्तोला प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  १० : २१ बजे

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१