२२ बैशाख २०८१, शनिबार | May 5, 2024

एक महिनामा झन्डै ५५ हजारले लिए श्रम स्वीकृति



काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या क्रमशः बढ्दै गएको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत कात्तिक महिनामा झन्डै ५५ हजार जनाले श्रम स्वीकृति लिएका छन् ।

सो अवधिमा संस्थागत रूपमा विभिन्न म्यानपावर कम्पनीमार्फत २७ हजार ७ सय ९ जना नेपाली कामदारले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन् ।

कात्तिकमा व्यक्तिगत प्रक्रियामार्फत विभिन्न देश जान १ हजार २ सय ६७ जनाले वैदेशिक रोजगारीको श्रम स्वीकृति लिएका छन् । सो अवधिमा वैधानिक माध्यमबाट १ हजार ४२ जना, पुनः श्रम स्वीकृतिमार्फत २४ हजार ९ सय ४७ जना गरी संस्थागत र व्यक्तिगततर्फबाट कुल ५४ हजार ९ सय १८ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका हुन् ।

यो तथ्यांक अघिल्लो महिनाको भन्दा झन्डै दुई गुणा हो । अघिल्लो महिना गत असोजमा म्यानपावर कम्पनीमार्फत २६ हजार ९१ जना कामदारले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका थिए । उनीहरू पहिलोपटक वैदेशिक रोजगारीमा जान लागेका हुन् । त्यसमा महिला कामदारको संख्या २ हजार १ सय ८३ रहेकोे छ ।

विभागको प्रगति विवरणअनुसार कात्तिक महिनामा ६ सय ५ वटा म्यानपावर कम्पनीले वैदेशिक रोजगारीका लागि नेपाली कामदार पठाउन श्रम स्वीकृति निकालेका थिए । यसैगरी, अघिल्लो महिना गत असोजमा ५ सय ६८ म्यानपावरले वैदेशिक रोजगारमा कामदार पठाएका थिए । त्यसमध्ये सबैभन्दा बढी साउदी अरबमा १२ हजार ३ सय ३ जनाको श्रम स्वीकृति भएको थियो ।

असोजमा साउदी अरबका लागि १३ हजार ३ सय ४८ जनाको श्रम स्वीकृति भएको थियोे । साउदी अरबपछि अघिल्लो महिनाजस्तै कतार जानेको श्रम स्वीकृति भएको थियो । असोजमा कतारजाने ७ हजार ६ सय ८५ जनाले श्रम स्वीकृति लिएकोमा कात्तिकमा ८ हजार ४ सय ८० जनाको श्रम स्वीकृति भएको छ ।

यसैगरी, यूएई जाने नेपाली कामदारको संख्या पनि अघिल्लो महिनाको भन्दा केही बढेको छ । असोजमा ३ हजार १ सय ६ जनाले यूएई जान श्रम स्वीकृति लिएकोमा कात्तिकमा ५ हजार १ सय २५ जनाले श्रम स्वीकृति लिएका छन् । सो अवधिमा मलेसियामा संस्थागत रूपमा एक जनाको पनि श्रम स्वीकृति भएको छैन भने व्यक्तिगत रूपमा ८२ जनाको श्रम स्वीकृति भएको विभागले जनाएको छ ।

विभागकाअनुसार अघिल्लो महिनामा जस्तै रोमानिया जाने क्रम कात्तिकमा पनि देखिएको छ । असोजमा २ सय ९ जनाको रोमानियाका लागि श्रम स्वीकृति भएकोमा कात्तिकमा २ सय ५० जनाको श्रम स्वीकृति भएको छ । सो अवधिमा ओमान जाने कामदारको संख्या भने केही घटेको छ । असोजमा ३ सय १३ जनाको श्रम स्वीकृति भएको ओमानमा कात्तिकमा २ सय ६२, मौरिससमा ९ जना, कुवेतमा १ सय ५८ जना, माल्दिभ्समा १२ जना, जोर्डनमा १४ जना, साइप्रसमा ३ सय ४० जना, बहराइनमा ७ सय ४७ जनाले संस्थागत एवं म्यानपावर कम्पनीमार्फत् श्रम स्वीकृति लिएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार हाल दैनिक रूपमा २२ हजारभन्दा बढी हवाई यात्रुहरूले आवतजावत गरिरहेका छन् । विमानस्थलका अनुसार हाल दैनिक २ सय ८६ वटा आन्तरिक उडान र ५४ वटा अन्तर्राष्ट्रिय उडान हुँदै आएको छ । यी उडानबाट १५ हजार ३ सय ७८ जना आन्तरिक र ७ हजार ४४ जना अन्तर्राष्ट्रिय उडानबाट गरी २२ हजार ४ सय २२ जना यात्रुहरू आवतजावत हुने गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले पछिल्लो तथ्यांकअनुसार हवाई सेवा लिने यात्रुहरूको संख्या दोब्बरले वृद्धि भएको जानकारी दिए । विमानस्थल कार्यालयका अनुसार हाल आन्तरिक वायुसेवाका लागि नौवटा वायुसेवा कम्पनी र अन्तर्राष्ट्रियस्तरमा ३२ वटा वायुसेवा कम्पनीले काठमाडौंबाट विभिन्न गन्तव्यका लागि दैनिक उडान भर्दै आएका छन् । आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  ६ : ५२ बजे

लुम्बिनी प्रदेशका सभामुखसहितको टोली चीन भ्रमणमा

दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसहितको टोली एकसाताका लागि

पत्रकार सुरक्षित नभई समाचारमा निष्पक्षता कायम हुनसक्दैनः कानुनमन्त्री गिरी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकार

धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : केपी ओली

रसुवा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

बागमती प्रदेशमा नेवारी र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गरिने

हेटौडा । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै