२ बैशाख २०८३, बुधबार | April 16, 2026

एमाले महाधिवेशन : देउवा जाने, प्रचण्ड अन्योलमा



काठमाडौं । नेकपा एमालेको भोलि (१० मंसिर) हुने महाविधेवशन उद्घाटनमा शुभकामना दिन प्रधानमन्त्री शेरबहादुर देउवा चितवन जाने तय भएको छ ।

सत्ता गठवन्धनका अर्का नेता नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने अहिलेसम्म जाने नजाने टुंगोमा पुगिसेका छैनन् ।

महाविधेशन उद्घाटनका दिन प्रचण्डको काभ्रे जाने कार्यक्रम तय भएको छ । दुईवटा गाउँपालिकामा यसअघि नै तय भएको पार्टीको पालिका अधिवेशनमा प्रमुख अतिथि भएर प्रचण्ड जाँदैछन् ।

‘उहाँ (प्रचण्ड) महाभारत गाउँपालिका र खानीखोला गाउँपालिकाको पालिका अधिवेशनमा प्रमुख अतिथि हुनुहन्छ, त्यही भएर उहाँ महाधिवेशनमा शुभकामना दिन जाने नजाने टुंगो भइसकेको छैन’, प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने ।

प्रधानमन्त्री देउवाले शुभकामना दिन जाने बताइसकेका छन् । तर सत्तागठवन्धन कै अर्को दल नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपाललाई भने एमालेले बहिष्कार नै गरेको छ । सवै दलका शीर्ष नेतालाई निम्तो दिइएको कार्यक्रममा नेपाललाई निम्तो नै गरिएको छैन ।

निम्तो नपाएपछि सो पार्टीको जिल्ला तहका नेतासमेत उद्घाटन समारोहमा नजाने भएका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  १२ : ३४ बजे

डिजेल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल, मट्टितेल र आन्तरिक हवाई

प्रथम खजुरा गोल्डकप : जेविएम फुटबल एकेडेमी लखनउ सेमिफाइनलमा प्रवेश

नेपालगन्ज । जेविएम फूटबल एकेडेमी लखनउ प्रथम खजुरा गोल्डकपको सेमिफाइनलमा

इरानमा पक्राउ परेका नेपाली नागरिक झा रिहा

काठमाडौँ । पश्चिम एसियामा द्वन्द्वका क्रममा इरानमा पक्राउ परेका नेपाली

बुटवलमा चल्यो डोजर, नगर प्रमुख भन्छन् – ‘भन्दा-भन्दा थाके, अब सुरु भयो, रोकिदैन’

बुटवल । शरहलाई नै कुरुप बनाउने गरि बुटवल उपमहानगर क्षेत्रभित्रका

सय रुपैयाँभन्दा बढीका सामानमा अनिवार्य भन्सार, निजी क्षेत्रको स्वागत

भैरहवा । सीमावर्ती भारतीय बजारबाट घरायसी प्रयोजनका नाममा बिना भन्सार