२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

एमाले महाधिवेशनले रंगिएको चितवन, उद्घाटन सत्र अघिको चहलपहल (फोटो फिचर)



चितवन । नेकपा एमालेको १०औं महाधिवेशन आजबाट सुरु हुनलागेको छ । चितवनको नारायणघाटस्थित नारायणी नदीको किनारामा हुन लागेको उद्घाटन सत्रमा भाग लिन देशभरबाट एमाले समर्थकहरुको ओइरो लागेको छ ।

सहभागीहरु चारैतिरबाट नारायणघाट बजार प्रवेश गरिरहेका छन् । विभिन्न स्थानबाट जुलुस निकाल्ने तयारी भैरहेको छ । देशका विभिन्न क्षेत्रमा सहभागी हुन नेता कार्यकर्ता महाधिवेशनस्थल नारायणी नदी किनारमा जम्मा हुँदै छन् ।

उदघाटन समारोहपछि भोलिदेखि सौराहामा बन्दसत्र आयोजना हुँदैछ । यही बन्दसत्रबाट एमालेले नयाँ नेतृत्व चयन गर्नेछ ।

महाधिवेशनमा सहभागी हुन चितवन पुगेका नेताहरू शुक्रबार बिहान सौराहास्थित होटेलको प्राङ्गणमा टहलिँदै गर्दा कार्यकर्ता भने महाधिवेशनस्थल नदी किनारमा जम्मा भइरहेका छन् ।

महाधिवेशनको उद्घाटन सत्र सुरू हुनै लाग्दा अध्यक्ष केपी ओलीनिकटका रूपमा चिनिएका पृृथ्वीसुब्बा गुरूङ, विष्णु पौडेल, शंकर पोखरेल, सुवास नेम्वाङ, रघुविर महासेठ, ईश्वर पोखरेल, महेश बस्नेत, दुर्गा प्रसाईं, बच्चन सिंहलगायतका नेता होटेलमा टहलिँदै गरेका हुन् ।

 

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ११ : १८ बजे

प्रदेश प्रमुख खापुङद्वारा कोशीमा सरकार गठनको आह्वान

विराटनगर । कोशी प्रदेशमा प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको

पारस खड्काको चेतावनी- मेरो चरित्र हत्या गरियो, ढिलो चाँडो कानुनी दायरामा ल्याउछु

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले

लखनउमाथि सनराइजर्सको १० विकेटको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले लखनउ

आजको मौसम : कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको