६ बैशाख २०८३, आइतबार | April 19, 2026

प्रधानन्यायाधीस विवादबारे गठबन्धन दलहरुसँग छलफल गरी निकास निकाल्छु : प्रधानमन्त्री देउवा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीस विवादबारे छिट्टै निकास निकाल्ने बताएका छन् ।

नेपाल बार एशोसिएसनको डेलिगेशनसँग शुक्रबार बिहान कुरा गर्दै प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीस चोलेन्द्रशम्शेर जबराको विषयमा जारी विवाद छिट्टै समाधान गर्ने बताएका हुन् ।

देउवाले गठबन्धन दलहरुसँग छलफल गरेर निकास निकाल्ने प्रतिवद्धता जनाएको नेपाल बारका महासचिव लिलामणि पौडेललेले बताए ।

प्रधानन्यायाधीस जबराको राजीनामा माग्दै नेपाल बार लामो समयदेखि आन्दोलनमा उत्रिएको छ भने
न्यायाधीसहरुले समेत लामो समयसम्म इजलास बहिस्कार नै गरेका थिए ।

छलफलका क्रममा प्रधानमन्त्री देउवाले न्यायालयभित्रको विवादबारे आफु गम्भीर रहेको बताएका थिए । देउवाले त्यसक्रममा बारको आन्दोलनबारे जानकार रहेको पनि बताएका थिए ।

बारका पदाधिकारीहरुले प्रधानमन्त्री देउवालाई जबरा बर्हिगमनको विकल्प नभएको बारे जानकारी गराएका छन् । उनीहरुले कार्यपालिका प्रमुखको हैसियतले जबरालाई बर्गिहन गराउने भूमिका खेल्न पनि आग्रह गरेका छन् ।

प्रधानमन्त्रीसँगको भेटमा बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ महासचिव पौडेल, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, बारका वरिष्ठ पदाधिकारीहरु, वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, हरिहर दाहाल, रमन श्रेष्ठ लगायतका सहभागी भएका थिए ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  १२ : २९ बजे

सुकुम्बासीको उठिबास र विद्यार्थी संगठनमाथि प्रतिबन्ध प्रयासप्रति नेकपाको आपत्ति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले सरकारले हालै देशका विभिन्न स्थानमा

काठमाडौंमा भेटियो ४ थान पेस्तोल र ५८ राउण्ड गोली

काठमाडौं । काठमाडौंको बिष्णुमती खोलाको किनारमा ठुलो परिमाणको हतियार फेला

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक आह्वान

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको

‘क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ : आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका