२२ असार २०८३, सोमबार | July 6, 2026

एमालेमाथि आँखा लगाउनेलाई सुर्य अङ्कित झण्डाको भालाले रोपिने छ : केपी ओली



चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अवको चुनावमा एमालेलाई नभएर देशको समृद्दीका लागि एमालेले बहुमत ल्याउन जरुरी रहेको बताएका छन् । एमालेको दशौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधानको गलत ब्याख्यालाई सच्याउनका लागि नेपालमा एमालेले बहुमत ल्याउन जरुरी रहेको बताए ।

उनले संसदले बनाउने कामलाई संसदलाई थाहै नदिई परामादेशबाट सरकार भन्दै असंबैधानिक कदम नचालौं भन्दा भन्दै परमादेशबाट सरकार बनेपनि देश छिट्टै चुनावमा गईरहेको बताए । सबै कार्यकर्ताहरुलाई चुनावमा परिचालत हुन मञ्चबाटै निर्देशन दिँदै एमालेलाई बहुमत दिलाउने अभियानमा लाग्न सवैलाई आग्रह गरे ।

ओलीले जाती र समुदायमा विभाजन विभाजन गरेर, भुगोल भूगोललाई विभाजित गरेर सदभाव विगार्ने पक्षमा एमाले नरहेको स्पष्ट पार्दै एमाले राष्ट्रिय एकताको पक्षमा एमाले रहेको बताए । उनले लोकन्तत्र भन्ने कुरामा मात्र नभई लोकतन्त्र जनताको जीवनस्तरलाई परिवर्तनका लागि र समृद्ध नेपाल सुखी नेपालीका लागि हुनु पर्ने बताए । आवश्यक परेको अवस्थामा संविधान संशोधन हुन सक्ने ओलीको भनाई छ ।

नेपालमा समुहगत हिंसा समाप्त भएको दाबी गर्दै ओलीले हिँसा बोकेर हिँडेका राजनीतिक शक्तिलाई एमालेले सम्वादका माध्यमबाट हिंसा त्याग्न लगाई शान्तिको बाटोमा ल्याएको बताए ।

लिपुलेक, लिम्पियाधुरा जस्ता नेपालले गुमाएका भुभाग कानुनी र संवैधानिक बाटोबाट नेपालमा समावेश गरेपनि सो जग्गा नेपालको अधिनमा नआएको बताउँदै ओलीले कुटनीतिक माध्यमबाट सम्वाद गरेर सो भूमि नेपालको उपयोगमा ल्याइने बताए । उनले आगामी निर्वाचनमा एमालेले स्थानीय तहमा मात्र ६० प्रतिशत बढी संख्या जितेर देखाउने घोषणा गरे । उनले त्यसका लागि फागुन महिना सम्म पार्टी प्रवेश अभियान सुरु गर्ने बताए । एमाले माथि आँखा लगाउनेहरुलाई सुर्य अङ्कित झण्डाको भालाले रोप्ने चेतावनी दिए । हंसिया हतौडाले अलमल अलमल पारेको उल्लेख गर्दै ओलीले बामपन्थि सरकार ढालेर दक्षिणपीनथ सरकार बनाउनेहरुले बामपन्थि र हँसिया हतौडाको नामबाट भ्रम सिर्जना भएको बताए ।

देशमा शन्ति प्रक्रिया नटुङ्गिएको बताउँदै ओलीले मन परेको मान्छेलाई १० हजार बाँडेर द्वन्दको घाउ निको नहुने दाबी गरे । महाधिवेशन सकिने बित्तिकै ठुलो संख्यामा पूर्व लडाकुहरु एमालेमा प्रवेश गर्दै गरेको एमालेले जानकारी दिए । एमाले पूर्व लडाकुहरुको पार्टी भएको बताउँदै ओलीले अव अलमलमा नपर्न लडाकुहरुलाई आग्रह गरे ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ३ : ४८ बजे

भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीलाई भने – ‘भाइरल होइन, संसद्प्रति उत्तरदायी बन्नुस्’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता

संसद्मा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा सांसदहरूले उठाएका समसामयिक तथा

लागुऔषध र मानव बेचबिखनविरुद्ध सबै एकजुट हुनुपर्छ : उपत्यका प्रहरी प्रमुख राठौर

काठमाडौँ । काठमाडौँको गोङ्गबुस्थित नयाँबसपार्कमा ‘मानव बेचबिखन र लागुऔषधविरुद्ध सप्ताहव्यापी

संविधान संशोधनका नाममा सङ्घीयतामाथि हस्तक्षेप नगर्न सांसद आर्यन राईको चेतावनी

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले संविधान संशोधनका

रुपन्देहीमा ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’ कार्यक्रम सुरु

बुटवल । रुपन्देही प्रहरीले सूचना प्रविधिमा आधारित ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’