४ पुस २०८२, शुक्रबार | December 19, 2025

एमाले १० औं महाधिवेशन : समूहगत मत माग्न प्रतिबन्ध, बन्दसत्र परिसरमा मदिरा पिउन नपाईने (आचारसंहिताको पूर्णपाठ)



चितवन । नेकपा एमालेले जारी १० औँ महाधिवेशनको निर्वाचन प्रयोजनका लागि निर्वाचन आचारसंहिता जारी गरिएको छ । महाधिवेशनबाट निर्वाचित हुने पार्टी केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगका पदाधिकारी तथा सदस्यहरूको निर्वाचन सम्पन्न गर्नका लागि आचारसंहिता जारी गरिएको निर्वाचन आयोगका संयोजक विजय सुब्बाले जानकारी दिए । निर्वाचन समितिले एमालेको विधान (२०७८को संशोधन सहित),२०४९को धारा २६(५)(ज)को अधिकार प्रयोग गरी निर्वाचन आचारसंहिता निर्माण गरिएको हो ।

समितिले जारी गरेको आचार संहितामा उम्मेदवारहरुले समूहगत रूपमा छुट्टै भेला तथा बैठक गरि मत माग्न प्रतिबन्ध लगाउनुका साथै मतदातालाई प्रभावित गर्ने उद्देश्यले भोजभतेरको आयोजना गर्न गराउन र मादक पदार्थको सेवन गरी प्रचार–प्रसार गर्नु गराउन समेत रोक लगाइएको छ । उम्मेदवारले भिजिटिङ कार्ड साइजको प्रचार सामाग्री बाहेक ब्यानर, बोर्ड, पर्चा पम्प्लेट प्रकाशन गर्न र वितरण गर्न पनि आचारसंहिताले प्रतिबन्ध लगाएको छ ।

निर्वाचनमा मत प्रभाव पार्ने नाममा धर्म, सम्प्रदाय, जातजाति, लिङ्ग, भाषा, समुदाय वा क्षेत्रीय आधारमा घृणा फैलाउने, द्वेष उत्पन्न हुने वा सद्भाव खलबलिने गरि कुनै क्रियाकलाप गर्न वा गराउन नहुने आचारसंहितामा उल्लेख गरिएको छ । यस्तै उम्मेदवार वा महाधिवेशनको कुनै पनि मतदाता वा महाधिवेशनमा संलग्न कुनै पनि व्यक्तिको निजी जीवनलाई आघात पुग्ने गरी आलोचना गर्न गराउन बन्देज लगाइएको छ भने मतदानस्थल र मत गणनास्थलमा केन्द्रीय निर्वाचन आयोगले अनुमति दिएका व्यक्तिहरू भन्दा बाहेक अन्य कुनै पनि व्यक्तिले मोबाइल फोनको प्रयोग गर्न नपाउने व्यवस्था गरिएको छ।

आयोगको आचारसंहिता पालना नगर्ने उम्मेदवारलाई सुरुमा सचेत गराउने त्यसपछि निर्वाचन स्थलबाट हटाउने देखि निर्वाचनमा उम्मेदवारी वा मतदाताको सूचीबाट नाम हटाउने वा रद्द गर्ने सम्मको कारबाही हुन सक्ने आचारसंहितामा उल्लेख छ ।

यस्तो छ आचारसंहिता :

 

 

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ११ : २० बजे

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म

नेपालगन्जका सार्वजनिक स्थानमा आगो ताप्ने प्रबन्ध हुँदै

नेपालगन्ज । चिसो बढन थालेपछि स्थानीय तहले नेपालगन्जका सार्वजनिक स्थानमा

फागुन २१ मै निर्वाचन हुनुपर्छ तर सरकारको कामले आशंका बढायो : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले फागुन २१