७ श्रावण २०८३, बिहिबार | July 23, 2026

‘ओमिक्रोन’ फैलिन नदिन निगरानी बढाइने, सीसीएमसी बैठक भोलि



काठमाडौं । कोभिड-१९ को नयाँ प्रजाति ‘ओमिक्रोन’ भाइरस संक्रमण भित्रिन नदिन सरकारले उच्च सतकर्ता अपनाउने तयारी गरेको छ ।

सम्भावित जोखिम रोकथाम तथा नियन्त्रणका लागि दक्षिण अफ्रिका लगायत ‘ओमिक्रोन’ भाइरस फैलिएका विभिन्न मुलुकबाट आउने यात्रुको स्वास्थ्य परीक्षण निगरानी बढाइने भएको छ ।

सोही विषयमा थप छलफल तथा निर्णय गर्न आज कोभिड-१९ नियन्त्रण व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठक बस्ने भएको छ । आजको बैठकमा स्वास्थ्य विज्ञहरुको राय लिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेश्वर न्यौपानेले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो भाइरस संक्रमण फैलिएको पुष्टि भएका मुलुकबाट आउनेहरुका लागि एकसातासम्म अनिवार्य क्वारेण्टाइन बस्नु पर्ने व्यवस्था लागू गर्ने विषयमा छलफल गरेको छ ।

सो मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अनिवार्य निगरानी कक्ष स्थापना गरी स्वास्थ्य परीक्षण र क्वारेन्टिनमा राख्ने व्यवस्था गर्न लागिएको बताए ।

कोभिड-१९ खोप लगाइ तथा नलगाई आउने यात्रुलाई होटल क्वारेन्टिन अनिवार्य बस्नुपर्ने नियम ल्याउने देखि विमानस्थलमै एन्टीजेन परीक्षण अनिवार्य गर्ने विषयमा निर्णय हुने छ ।

नेपालसँग सीधा हवाइ सम्पर्क रहेको चीनको स्वसाशितक्षेत्र हङकङमा समेत संक्रमण पुष्टि भएपछि सरकारले उच्च सतर्कता अपनाउने तयारी गरेको हो । नेपाल-हङकङ सिधा हवाई उडान समेत स्थगित गरिएको छ ।

दक्षिण अफ्रिकासहित युरोपका बेल्जियम र जर्मनी लगायतका मुलुकहरुमा समेत यो संक्रमण भित्रिएको विश्व स्वास्थ्य संगठनले पुष्टि गरिसकेको छ । कोभिड-१९ को नयाँ भेरियण्टप्रति सतर्क र सुरक्षित रहन सर्वसाधारणमा आग्रह गरेको छ । आजको गोरखापत्र दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ६ : ५१ बजे

‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यक : महालेखापरीक्षक राया

काठमाडौं । महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज मनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको

साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशुसेवा विभाग

चितवन । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ