२२ असार २०८३, सोमबार | July 6, 2026

एमाले महाधिवेशन : उपाध्यक्ष र सचिवमा को-को छन् प्रतिस्पर्धी ?



काठमाडौं । निवर्तमान अध्यक्ष केपी ओलीको सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि आन्तरिक प्रतिस्पर्धामा होम्मिएको एमालेमा वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिवसहित ट्रेड युनियन क्लस्टरबाहेक अन्य पदमा निर्वाचन हुने भएको छ ।

जसअनुसार ६ जना उपाध्यक्षका लागि सातजना उम्मेदवार छन् । सातजना सचिवका लागि नौजना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।

जसअनुसार उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा ‘बादल’, सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालका बीचमा प्रतिस्पर्धा हुनेछ । भुसालबाहेक अरु सबै निर्वतमान अध्यक्ष ओलीले प्रस्ताव गरेका उपाध्यक्षहरू हुन्, जसमा भुसालले असहमति जनाउँदै उम्मेदवारी दर्ता गराएपछि ती पदमा निर्वाचन हुन लागेको हो ।

यसैगरी सात जना सचिवका लागि टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल बिक, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट, पदमा अर्याल, भीम आचार्य र टंक कार्कीका बीचमा प्रतिस्पर्धा हुन लागेको हो । आचार्य र कार्कीलाई निवर्तमान अध्यक्ष ओलीले नसमेटेपछि दुवैका नयाँ उम्मेदवारीका कारण सचिवमा प्रतिस्पर्धा हुन लागेको हो ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  १ : ४० बजे

अर्थमन्त्री वाग्ले र एडीबीका अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष

सार्वजनिक स्थलमा महिलासामु अश्लील हर्कत गरेको आरोपमा शिक्षा अधिकृत पक्राउ

काठमाडौं । सार्वजनिक स्थलमा एक महिलासामु अश्लील हर्कत गरेको आरोपमा

बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा, सीप र सकारात्मक व्यवहार आवश्यक

नेपालगन्ज । कानुनी विवादमा परेका बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा,

भन्सार सुधारका लागि एडीबीले नेपाललाई ५ करोड अमेरिकी डलर ऋण दिने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मसातो कान्डाले नेपालको

२६ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज