१९ माघ २०८२, सोमबार | February 2, 2026

लुम्बिनी प्रदेशमा निर्माणाधिन राष्ट्रिय गौरवका योजनाहरुमा मुख्यमन्त्रीको चासो



बुटवल । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कूलप्रसाद केसीले लुम्बिनी प्रदेशमा सञ्चालित राष्ट्रिय गौरबका आयोजनाका प्रमुख तथा प्रतिनिधिहरुसँग छलफल सुरु सुरु गरेका छन् । मुख्यमन्त्री कार्यालयमा प्रदेशमा सञ्चालित २० वटा आयोजनाका प्रमुखसँग मुख्यमन्त्रीले केसीले आजबाट छलफल सुरु गरेका हुन् ।

छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले प्रदेशमा सञ्चालनमा आएका राष्ट्रिय गौरबका आयोजना सम्पन्न गर्नको लागि तीन तहका सरकार बिचमा समन्वय, सहकार्य र सहजिकरणको आवश्यकता रहेकोमा जोड दिए । उनले आयोजना प्रमुखबाट आयोजनाको काम , प्रगतीको बारेमा जानकारी लिनुका साथै समयमा पुरा हुन नसकेका योजना प्रमुखहरुसँग समयमा पुरा हुन नसक्नुको कारण सोधेका थिए ।

सो अवसरमा गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीले क्यालिव्रेशन उडान भरेको ३ महिनापछि बिमानस्थल नियमित रुपमा सञ्चालनमा आउने जानकारी दिए । यस्तै बबई सिचाई आयोजनाका सिनियर डिभिजन ईन्जिनियर रामकृष्ण घोरासैनीले अहिलेसम्म आयोजनाको काम ५० प्रतिशत सम्पन्न भएको जानकारी दिँदै ३६ हजार हेक्टर कृषि योग्य भूमिको सिचाईको योजना सहित २०४५ सालमा सुरु भएको योजनाको काम अहिले चलिरहेको र अहिले २३ हजार हेक्टर क्षेत्रफलमा सिचाई भईरहेको बताए ।

त्यसैगरि कार्यक्रममा सिक्टा सिंचाई आयोजना , नेपाल टेलिकम प्रादेशिक कार्यालय , नेपाल विद्युत प्राधिकरण , जनताको तटबन्धन कार्यक्रम बुटवल , शहिद मार्ग सडक आयोजना प्रगन्ना बड्कापथ सिंचाई ब्यवस्थापन , बृहत दाङ उपत्यका सिचाइ आयोजनाको कार्यप्रगतिको बारेमा मुख्यमन्त्रीले चासो व्यक्त गरेका थिए । छलफल कार्यक्रम भोलीसम्म चल्ने मुख्यमन्त्री कार्यालयले जनाएको छ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ८ : ४८ बजे

नेकपाको निर्वाचन परिचालन सचिवालय बैठक सम्पन्न, माघ २२ मा केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को निर्वाचन परिचालन समितिको

नेपालमा निपाह भाइरसको जोखिम न्यून भए पनि सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । छिमेकी देशमा देखिएको निपाह भाइरसका सङ्क्रमणको जोखिम नेपालमा

जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट

बुटवल । नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्टले निर्वाचन लक्षित कार्यक्रममा

‘क्यासिनो पर्यटनको हब बन्दै भैरहवा बजार’

भैरहवा । रुपन्देहीको सदरमुकाम भैरहवामा पछिल्लो समय क्यासिनो पर्यटनका कारण

साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग भारत पराजित

कास्की । पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको