२२ असार २०८३, सोमबार | July 6, 2026

पौडेल समूहद्वारा कर्णाली प्रदेश अधिवेशन बहिस्कार



सुर्खेत । नेपाली कांग्रेसको सुर्खेतमा सुरु भएको कर्णाली प्रदेशको पहिलो अधिवेशन वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बहिस्कार गरेको छ ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको गृह जिल्ला सुर्खेतमा अधिवेशनको उद्घाटन सत्रमा आफूहरूलाई औपचारिक निमन्त्रणा नआएको भन्दै संस्थापनइतर (पौडेल) समूह अनुपस्थित भएको हो ।

संस्थापन (शेरबहादुर देउवा) समूहका जीवनबहादुर शाहीको नेतृत्वमा अधिवेशन संयोजन समिति गठन गरेको थियो । ‘हामीलाई अधिवेशनमा उपस्थित हुन कुनै खबर आएन,’ पौडेल समूहका एक नेताले भने, ‘खबर नभएपछि हामी अनुपस्थित भएका हौं ।’

उद्घाटन सत्रमा कार्यक्रमको अतिथि ग्रहणका लागि केन्द्रीय सदस्य हृदयराम थानीलगायतका नेता अनुपस्थित रहेका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ३ : ०६ बजे

प्रगतिवादी लेखक संग्रौलाले गरे लेखक साहनीका तीन पुस्तकको विमोचन

बुटवल । लेखक साहित्यकार दील साहनीको तीन कृतिको आईतबार बुटवलमा

बाल विकास केन्द्रलाई लायन्स क्लबको सहयोग

बुटवल । लायन्स क्लब अफ बुटवलले बुटवल उपमहानगरपालिका वडा नं.

व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी अजय सुमार्गी पराजुलीमाथि सम्पत्ति शुद्धीकरणको

बाँकेमा ३० प्रतिशत मात्रै रोपाइँ

नेपालगन्ज । यस वर्ष पर्याप्त वर्षा नहुँदा अहिलेसम्म बाँकेमा करिब

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको ‘टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ