१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

महिलालाई प्रतिबन्ध लगाउदा अफगानिस्तानलाई १ अर्ब डलर घाटाः राष्ट्रसंघ



एजेन्सी । अफगानिस्तानमा तालवानले यही अगस्टमा सत्तापलट गरेसँगै महिलाहरुलाई यसअघि गर्दै आएको काम गर्न प्रतिबन्ध लगाउदै आएको छ ।

तर, यो प्रतिबन्ध तालिवानकै लागि प्रत्युत्पादक साबित हुने देखिएको छ । राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले एक प्रतिवेदन सार्वजनिक गर्दै महिलामाथि प्रतिबन्ध लगाएकै कारण अफगान अर्थतन्त्रमा १ अर्ब अमेरिकी डलरबराबरको नोक्शान भएको छ ।

अफगानिस्तानको कूल ग्राहस्थ उत्पादन सन् २०२० मा २० अर्ब डलर भएकोमा यो वर्ष १६ अर्ब डलरमा खुम्चिने यूएनडीपीले त्यहाँको आर्थिक तथा सामाजिक अवस्थाबारे सार्वजनिक गरेको एक प्रतिवेदनमा उल्लेख छ ।

अहिलेकै अवस्था रहे वा कुनै सुधारका कदम नचालिएमा यो दर आगामी वर्ष ३० प्रतिशतले घट्ने अर्थात कूल ग्राहस्थ उत्पादन जम्मा १४ अर्ब डलरमा खुम्चिने पनि राष्ट्रसंघले प्रक्षेण गरेको छ ।

राष्ट्रसंघका अनुसार अफगानिस्तानको प्रतिव्यक्ति आय सन् २०१२ मा ६५० डलर रहेकोमा सन् २०२० मा घटेर ५०० डलर पुगेको थियो । अफगानिस्तानले आर्थिक संकट सामना गरिरहे आगामी वर्ष उसको प्रतिव्यक्ति आय ३५० डलरमा झर्ने राष्ट्रसंले प्रक्षेपण गरेको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ८ : १७ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू