४ पुस २०८२, शुक्रबार | December 20, 2025

अध्यक्षत्रयले ३३५ प्रतिनिधि मनाेनित गरेपछि राप्रपा महाधिवेशनको कुल मतदाता ४७७६ जना, शनिबार मतदान



काठमाडौं । राप्रपाको महाधिवेशनका लागि ४४७१ कार्यकर्ताबाट निर्वाचित प्रतिनिधि रहेकोमा अध्यक्षहरुले ३३५ जना महाधिवेशन प्रतिनिधि मनोनित गरेपछि महाधिवेशनको कुल मतदाता ४७७६ पुगेका छन् ।

राप्रपाको विधानमा ५ प्रतिशत प्रतिनिधि अध्यक्षले मनोनित गर्न सक्ने व्यवस्थाअनुसार अध्यक्षत्रयले ३३५ जना मनोनित गरेका हुन् । मनोनितबाट थप भएका प्रतिनिधिहरुको नामावली राप्रपाको निर्वाचन समितिले महाधिवेशनस्थलमा सूची टाँसीसकेको छ ।

बिहीबार समितिले ४४७१ जना प्रतिनिधिको सूची प्रकाशित गरेको थियो भने अब त्यसमा ३३५ जना थप हुनेछन् । ४७७६ प्रतिनिधिले राप्रपाको नेतृत्व चयन गर्नेछन् । राप्रपामा आगामी कार्यकालका लागि कमल थापा पुनः अध्यक्ष बन्न चाहेका छन् भने थापाका विरुद्ध राजेन्द्र लिङदेल प्यानल सहित मैदानमा उत्रेका छन् । राप्रपाको नयाँ नेतृत्व चयनका लागि शनिबार निर्वाचन हुँदैछ ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ८ : ५८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको