काठमाडौं । राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेको नेकपा माओवादी केन्द्रले विधान परिमार्जन गर्न कार्यदल गठन गरेको छ । शुक्रबार बिहान बसेको स्थायी कमिटी बैठकले विधान परिमार्जन गर्न देव गुरुङको संयोजकत्वमा कार्यदल गठन गरेको सो पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका हुन् ।
उनका अनुसार पाँच सदस्यीय सो कार्यदलमा जनार्दन शर्मा, मात्रिका यादव, पम्फा भुसाल र लिलामणी पोखरेल सदस्य छन् । २५ मंसिरसम्ममा विधान मस्यौदा प्रस्ताव गर्न कार्यदललाई जिम्मेवारी दिइएको छ ।
बैठकले १०–१३ पुसमा हुने राष्ट्रिय सम्मेलनको व्यवस्थापनका लागि हितमान शाक्यको संयोजकत्वमा व्यवस्थापन उपसमिति र कृष्णबहादुर महराको संयोजकत्वमा प्रचार प्रसार उपसमिति गठन गरेको छ ।



















प्रतिक्रिया