८ बैशाख २०८३, मंगलबार | April 21, 2026

सत्तागठबन्धन प्रधानन्यायाधीश जबराको नाडी छाम्दै, नेतृत्व मौन बसेर महाअभियोगबारे निकटका वकिल अगाडि सार्दै दलहरु



काठमाडौं । सत्ता गठबन्धनका नेताहरु सर्वोच्च अदालत र प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराका विषयमा आफुहरु मौन बसेर आफु निकट वकिलहरुलाई धारणा सार्वजनिक गर्न लगाएका छन् । शिर्ष नेताहरु ‘तैं चुप मैं चुप’को अवस्थामा रहेर आफु निकट कानुन व्यवसायी तथा सांसदहरुलाई प्रधानन्यायाधीश प्रकरणमा अगाडि सारेका हुन् ।

सत्ता गठबन्धनको प्रमुख दल काँग्रेस र माओवादी केन्द्रका सांसद समेत रहेका २ जना वकिलहरुले आज एक कार्यक्रममा प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग लगाउने तयारी भइरहेको खुलासा गरेका छन् ।

सर्वोच्च अदालत बार एशोसिएशनले आज (शुक्रबार) काठमाडौंमा आयोजना गरेको न्यायपालिकाको सुधार सम्भावना र चूनौति बिषयक छलफल कार्यक्रममा बोल्दै कांग्रेसका सांसद राधेश्याम अधिकारी र माओवादी सांसद रामनारायण बिँडारीले प्रधानन्यायधिशबिरुद्ध महाअभियोगका निम्ति दलहरुले तयारी गरिरहेको दाबी गरे ।

सांसद अधिकारीले प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने प्रयाप्त आधार रहेको समेत बताए । उनले अदालतका कुनै पनि न्यायाधीश कानुनभन्दा माथि नहुने भन्दै प्रधानन्यायाधीश जबराविरूद्ध महाअभियोग लगाउन ढिलाइ गर्न नहुने जिकिर गरे ।

सोही कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद रामनारायण बिडारीले संसदको अवको बैठकमा प्रधानन्यायधिशबिरुद्ध महाअभियोगका बिषयमा छलफल हुने दाबी गरे । उनले संसदमा ११ जनाको छानबिन समिति बन्ने र त्यसैको प्रतिबेदनका आधारमा महाअभियागको प्रक्रिया अगाडि बढ्ने बताए ।

नेताहरु मौन बसेर वकिल र कानुन व्यवसायीलाई बोल्न लगाएर दलका नेताहरुले जबराको नाडी छाम्ने काम गरेको गठबन्धन निकट एक नेताले बताए । प्रधानन्यायाधीश जबराको प्रतिक्रिया आएपछि मात्र थप कदम चाल्ने नेताहरुको तयारी रहेको उनको दाबी छ ।

 

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ८ : ०३ बजे

सन्दीपको घातक बलिङ र भुर्तेलको अर्धशतक, नेपालको शानदार जीत

काठमाडौं । टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले यूएईविरुद्ध शानदार

निकाय खारेज होइन, सुधारमार्फत सुदृढीकरण गर्ने प्रधानमन्त्री शाहको स्पष्टता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति

गीता पाण्डे मृत्यु प्रकरण : आफन्तद्वारा अस्पताल घेराउ, चिकित्सकमाथि कारबाहीको माग

बुटवल । चिकित्सकको लापरबाहीका कारण एक महिलाको मृत्यु भएको आरोप

बुटवलमा बजार व्यवस्थापनमा कडाइ : सडकपेटी र पार्किङ नियन्त्रण गर्ने

बुटवल । बुटवल उपमहानगरपालिकाले बजार क्षेत्रको सडकपेटी अतिक्रमण, अव्यवस्थित पार्किङ

बुटवलमा ‘एटिएस एप’ सार्वजनिक, सवारी सुरक्षा र पार्किङ व्यवस्थापनमा सहयोगी हुने दाबी

बुटवल । सवारी साधनको सुरक्षा र पार्किङ समस्यालाई समाधान गर्ने