१२ पुस २०८२, शनिबार | December 28, 2025

मौसममा क्रमश: सुधार हुने, आज यी क्षेत्रमा हिमपातको सम्भावना



काठमाडौं । पछिल्लो तीन दिनदेखिको प्रतिकूल मौसममा क्रमश: सुधार हुँदै जाने भएको छ ।

पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव क्रमश: कमजोर बन्दै गएको छ । यी मौसमी प्रणालीका कारण शुक्रबार साँझ काठमाडौं उपत्यकामा हल्का वर्षा भएको थियो ।

शनिबार देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।

प्रदेश १, बागमती र गण्डकीको उच्च पहाडी र हिमाली भू-भागको एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

राति प्रदेश १ को पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश १ को पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ७ : ३८ बजे

नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी

जनकपुरधाम । नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी रहेका मधेस

बसन्तको बखानमाथि बुटवलमा छलफल

बुटवल । बसन्त पराजुलीद्वारा लिखित बखानसिंह गुरुङको जीवनीमा आधारित आख्यान

निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले आसन्न प्रतिनिधिसभा

प्रतिनिधिसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक, १ करोड ८९ लाखभन्दा बढी मतदाता

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका