९ भदौ २०८३, मंगलबार | August 26, 2026

एमाले महाधिवेशनले देशभरीका जनताले चितवनको विकास देखेर गए, अन्य दलले पनि चितवनमा महाधिवेशन गरुन : प्रचण्ड



चितवन । नेकपा एमालले महाधिवेशन चितवनमा गर्ने घोषणा गरे लगत्तै आफुलाई सिध्याउन एमालेले चितवनमा महाधिवेशन गर्न थालेको टिप्पणी गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले महाधिवेशन सकिएपछि भने चितवनमा महाधिवेशन गरेको कुरालाई आफूले नेगेटिभ रूपमा नलिएको बताएका छन्।

आज (शनिबार) बिहान नारायणी नदी किनारमा पैदलमार्ग तथा अन्य पूर्वाधार निर्माण शिलान्यास समारोहमा बोल्दै प्रचण्डले हालै सम्पन्न एमाले महाधिवेशन चितवनमै हुनुलाई आफूले ‘पोजिटिभ’ रूपमै लिएको बताएका हुन्।

अध्यक्ष प्रचण्डले चितवन विकासको मात्र होइन, राजनीतिको केन्द्रसमेत चितवन बनेको प्रचण्डले दाबी गरे। उनले केही दिनअघि एमालेको १० औं महाधिवेशनमा सहभागी हुन आएकाहरुले चितवनको विकास र महत्व बुझेर गएको बताए । ‘केही दिनअगाडि यहाँ निकै ठूलो मेलाजस्तै गरी मानिसहरू जम्मा भए र नारायणी के चिज हो, यहाँको भौतिक पूर्वाधार के हो भन्ने कुरा देखेर जाने त एउटा कुरा भयो’, उनले भने, ‘चितवनमा विकासले गति लिएको रहेछ भन्ने कुरा उपस्थित भएका मानिसहरूले देखेर गए नै। त्यसको साथै चितवन जिल्लाको राजनीतिक महत्त्व के हो भन्ने कुरा पनि स्थापित गरेर गएको लाग्छ मलाई।’

प्रचण्डले एमालेको चितवन महाधिवेशनलाई आफुले नेगेटिभ्ली नलिएको स्पष्ट पार्दै अन्य दलहरुलाई पनि चितवनमा महाधिवेशनको आयोजना गर्न आग्रह गरे । उनले देशभरका जनताले चितवन, चितवनको विकास, नारायणी, यहाँको धार्मिक तथा पर्यटकीयस्थलहरु सबै जमिन र जंगलको स्थिति बुझेर जानु भनेको चितवनबासीहरुको लागि खुसी र गर्वको कुरा भएको पनि बताए ।

यही मंसिर १० गते नारायणी नदी किनारमै एमालेको दसौं महाधिवेशन उद्घाटन गरिएको थियो भने सौराहामा बन्दसत्र गरी १४ गते सम्पन्न गरिएको थियो।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ९ : २३ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त