४ पुस २०८२, शुक्रबार | December 20, 2025

एमाले महाधिवेशनले देशभरीका जनताले चितवनको विकास देखेर गए, अन्य दलले पनि चितवनमा महाधिवेशन गरुन : प्रचण्ड



चितवन । नेकपा एमालले महाधिवेशन चितवनमा गर्ने घोषणा गरे लगत्तै आफुलाई सिध्याउन एमालेले चितवनमा महाधिवेशन गर्न थालेको टिप्पणी गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले महाधिवेशन सकिएपछि भने चितवनमा महाधिवेशन गरेको कुरालाई आफूले नेगेटिभ रूपमा नलिएको बताएका छन्।

आज (शनिबार) बिहान नारायणी नदी किनारमा पैदलमार्ग तथा अन्य पूर्वाधार निर्माण शिलान्यास समारोहमा बोल्दै प्रचण्डले हालै सम्पन्न एमाले महाधिवेशन चितवनमै हुनुलाई आफूले ‘पोजिटिभ’ रूपमै लिएको बताएका हुन्।

अध्यक्ष प्रचण्डले चितवन विकासको मात्र होइन, राजनीतिको केन्द्रसमेत चितवन बनेको प्रचण्डले दाबी गरे। उनले केही दिनअघि एमालेको १० औं महाधिवेशनमा सहभागी हुन आएकाहरुले चितवनको विकास र महत्व बुझेर गएको बताए । ‘केही दिनअगाडि यहाँ निकै ठूलो मेलाजस्तै गरी मानिसहरू जम्मा भए र नारायणी के चिज हो, यहाँको भौतिक पूर्वाधार के हो भन्ने कुरा देखेर जाने त एउटा कुरा भयो’, उनले भने, ‘चितवनमा विकासले गति लिएको रहेछ भन्ने कुरा उपस्थित भएका मानिसहरूले देखेर गए नै। त्यसको साथै चितवन जिल्लाको राजनीतिक महत्त्व के हो भन्ने कुरा पनि स्थापित गरेर गएको लाग्छ मलाई।’

प्रचण्डले एमालेको चितवन महाधिवेशनलाई आफुले नेगेटिभ्ली नलिएको स्पष्ट पार्दै अन्य दलहरुलाई पनि चितवनमा महाधिवेशनको आयोजना गर्न आग्रह गरे । उनले देशभरका जनताले चितवन, चितवनको विकास, नारायणी, यहाँको धार्मिक तथा पर्यटकीयस्थलहरु सबै जमिन र जंगलको स्थिति बुझेर जानु भनेको चितवनबासीहरुको लागि खुसी र गर्वको कुरा भएको पनि बताए ।

यही मंसिर १० गते नारायणी नदी किनारमै एमालेको दसौं महाधिवेशन उद्घाटन गरिएको थियो भने सौराहामा बन्दसत्र गरी १४ गते सम्पन्न गरिएको थियो।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ९ : २३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको