२४ बैशाख २०८१, सोमबार | May 6, 2024

इन्डोनेसियामा ज्वालमुखी बिस्फोटः १ जनाको मृत्यु, दर्जनौं घाइते



जार्कार्ता । इन्डोनेसियाको जाभा प्रान्तमा ज्वालामुखी बिस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । माउन्ट सिमेरुमा ज्वालामुखी बिस्फोट हुँदा मानिसहरुको भागदौड मच्चिएको थियो ।

ज्वलामुखी बिस्फोटपछि नजिकका गाउँ फोहर र टुटेफुटेका टुक्राले छोपिएको थियो भने भने सूर्यलाई धुवाँ र धुलोले ढाकेको थियो ।

ज्वालामुखी बिस्फोटमा ४१ जना घाइते भएको लुमाजाङ जिल्लाका उपप्रमुख इन्दह मस्दारले बताएकी छन् । घाइतेमध्ये केहीको शरीर जलेको छ । ज्वालमुखी बिस्फोटपछि घरमै फँसेका १० जनाको उद्दार भइरहेको छ ।

वरपरको वातावरण निकै भयभित देखिएको बताउँदै मस्दारले भनिन्, ‘चौतर्फी डरलाग्दो वातावरण छ । पीडितका परिवारमा रुवावासी चलेको छ । ’

इन्डोनेसियाको विपद् नियन्त्रण निकायले बिस्फोटमा घाइते भएका ३५ जनाको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ । कालो धुँवा र हल्का पानीका कारण उद्दार कार्य प्रभावित भएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ९ : ४५ बजे

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै उत्पीडित वर्ग, जाति

अहिलेको सरकारप्रति एमालेभित्र असन्तुष्टि बढ्दैछ : कांग्रेस प्रमुख सचेतक लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक

काठमाडौंको शंखपार्कमा एक पुरुषको शव फेला

काठमाडौं । काठमाडौंको महाराजगन्जस्थित शंखपार्कमा एकजनाको शव फेला परेका छ

सहुलियतपूर्ण सहायता बढाउन नेपालद्वारा विश्व समुदायलाई अपिल

काठमाडौं । नेपालले विकास अन्तर्राष्ट्रिय विकास साझेदारसहित विश्व समुदायलाई सहुलियतापूर्ण

चोरले एक तोला सुन निलेपछि!!!

पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला