१९ बैशाख २०८१, बुधबार | May 1, 2024

यू-१९ क्रिकेट प्रशिक्षणमा २० खेलाडी, बुधबारबाट प्रशिक्षण



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले यू-१९ पुरुष टिमको प्रशिक्षणमा २० खेलाडी बोलाएको छ । क्यानले एसीसी यू-१९ पुरुष एसिया कप क्रिकेट प्रतियोगिताका लागि २० खेलाडीलाई क्याम्पमा बोलाएको हो ।

यू-१९ पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको जनाएको छ । टोलीले बुधबारबाट प्रशिक्षण थाल्ने छन् ।

एसिया कप युनाइडेट अरब इमिरेट्स ९युएई०मा डिसेम्बर २० देखि जनवरी २ तारिखसम्म हुने तालिका रहेको छ ।

एसिया कपमा नेपालसँगै आयोजक युएई, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान र कुवेतको सहभागिता रहने छ ।

बन्द प्रशिक्षणमा परेका खेलाडी :

देव खनाल, मोहमद हुसेन, वसिर अहमद, सन्तोष कार्की, विवेक यादव, विवेक राना मगर, तिलकराज भण्डारी, सोनु अन्सारी, दिपेश कँडेल, अर्जुन यादव,कमल परियार, अनुजकुमार चुनारा, प्रकाश जैसी, बसन्त कार्की, अर्जुन साउँद, शेर मल्ल, राहुल भण्डारी, गुलशन झा, विपिन शाही र आदील अन्सारी

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ८ : ३१ बजे

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी

साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्र शिथिलताबाट बाहिर आउन

लुम्बिनी प्रदेशमा पहिलो पटक राइड शेयरिङ एप ‘इ-ड्राइभ नेपाल’ को सेवा शुभारम्भ

बुटवल । लुम्बिनी प्रदेशमा पहिलो पटक राइड शेयरिङ एप ‘इ-ड्राइभ