२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

ताप्लेजुङमा ५० हजारले लगाए कोरोनाविरुद्धको पूर्ण खोप



ताप्लेजुङ । ताप्लेजुङमा झन्डै ५० हजार नागरिकले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार ४९ हजार ६ सय ४९ जनाले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका हुन् ।

प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार सबैभन्दा बढी भेरोसेल खोप लगाएका छन् । ३० हजार ६ सय ६ जनाले भेरोसेल खोपको दुबै मात्रा(डोज) लगाएका छन् ।

कोभिशिल्ड/एक्सट्राजेनेका खोपको दुबै मात्रा लगाउनेको संख्या १३ हजार १ सय ९३ छ । ५ हजार ८ सय ५० जनाले एक डोज मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको खोप लगाएका छन् ।

१९ हजार १ सय २० जनाले कोभिशिल्ड(एक्सट्राजेनेका खोपको पहिलो मात्रा र ३३ हजार ३ सय ५५ जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन् ।

यसरी ५ हजार ९ सय २९ जनाले कोभिशिल्ड(एक्सट्राजेनेका खोपको दोस्रो मात्रा लगाउन बाँकी रहेको पाइएको छ । २ हजार ७ सय ४९ जनाले भेरोसेल खोपको दोस्रो मात्रा लगाउन बाँकी छ । कोरोनाविरुद्धको खोपको पहिलो मात्रा मात्र लगाउनेको संख्या ८ हजार ६ सय ७८ रहेको पाइएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ७ : २५ बजे

ट्रेड युनियनका कार्यालय बन्द गरेर त्यहाँका कर्मचारीलाई दरबन्दीमा खटाउन सरकारको निर्देशन

काठमाडौं । सरकारले कर्मचारी ट्रेड युनियनका कार्यालय बन्द गर्न निर्देशन

निर्माण कार्यमा तीव्रता ल्याउन मन्त्रालयको निर्देशन

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयले

स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता ‘अनलाइन’बाटै

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह

काठमाडौँ । पछिल्लो समय बैङ्क खाताबाट रकम चोरी हुने घटनामा

राष्ट्रपति पौडेलद्वारा वैशाख २८ गते संसद् अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गतेका लागि