२ फाल्गुन २०८२, शनिबार | February 15, 2026

अब पनि नसुध्रिए पार्टी समाप्त हुन्छ : गगन थापा



काठमाडौं । नेपाली काँग्रेसका नेता गगनकुमार थापाले आफ्नो पार्टी अब पनि नसुध्रिए समाप्त हुने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता थापाले काँग्रेस नसुध्रिए समाप्त भएर जाने बताएका हुन् । थापाले पार्टी सकिए आफ्नो र पार्टीका नौ लाख कार्यकर्ताहरुको भविष्य पनि समाप्त हुने चेतावनी दिए ।

नेता थापाले नौ लाख पार्टीका कार्यकर्तालाई काँग्रेस सकिन्छ भन्ने डर लागेजस्तै नेपाली काँग्रेसको रुख चिन्हमा मत नहालेको मानिसलाई समेत काँग्रेस सकिन्छ भन्ने आवश्यक्ताको बोध गराउन सके मात्रै त्यसै विजयी बन्ने बताए । उनले काँग्रेसले चुनाव जित्छौँ भनिरहँदा आम जनताले काँग्रेसले किन जित्नुपर्छ भन्ने कुराको बोध गराउन आवश्यक रहेको पनि जिकिर गरे । नेता थापाले चुनावभन्दा परको अवस्था हेरेर अघि बढेमा मात्रै काँग्रेस सबल बन्ने बताए ।

नेता थापाले महाधिवेशनपछि नेपाली काँग्रेसको सदस्यता कहिल्यै नलिएको, सदस्य कहिल्यै नभएको १५ लाख नयाँ मान्छेलाई नेपाली काँग्रेससँग जोड्नुपर्ने बताए । पार्टीमा म्यासेज र म्यासेन्जर दुवै आवश्यक रहेको बताउँदै नेता थापाले पार्टीमा नेता, कार्यकर्तालाई मात्र नभइ अन्य नागरिकहरुलाई जोडिने वातावरण सिर्जन गर्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ६ : १३ बजे

रहेनन् राजनीतिज्ञ विश्वबन्धु थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा पुराना राजनीतिज्ञ

निर्वाचन प्रयोजनका लागि बाँकेमा आठ उम्मेदवारको मात्र बैङ्क खाता

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि बाँकेमा उम्मेदवार

महाशिवरात्रीमा होटल पौवाका सबै शाखाहरुमा धुनी जगाउँदै भजनकिर्तन गरिने

नेपालगन्ज । होटल पौवाले यसवर्ष पनि महाशिवरात्रि पर्वलाई देशभरका शाखाहरुमा

पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई

कास्की । पोखरामा आज सम्पन्न भएको २०औँ संस्करणको पोखरा अन्तरराष्ट्रिय

खासमा बंगलादेशमा भएको के हो ? यताको न्यारेटिभ वार के हो ?

काठमाडौं । युवा विद्रोहले बंगलादेशमा शेख हसिनाको सत्ता पल्टाएको डेढ