२ फाल्गुन २०८२, शनिबार | February 15, 2026

पार्टीको ध्यान विचार संश्लेषण गरेर राष्ट्रलाई एकतावद्ध गराउनेमा छ : प्रचण्ड



ललितपुर । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिंगो पार्टीको ध्यान अहिले विचारको विकास गर्ने, विचार संश्लेषण गर्ने र नेपाल राष्ट्रलाई एकताबद्ध गर्ने रहेको बताएका छन् ।

पर्सा जिल्लाबाट नेकपा एमाले तथा जनता समाजवादी पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

अध्यक्ष प्रचण्डले भने, ‘त्यसकारण अहिले यो पटक हामीले देशैभरि बलियो पार्टी बनाउनुपर्छ भनेर हामी लागेका छौं । हाम्रो ध्यान चै अब समाजवादी क्रान्तिको विकास अब कसरी विकास गर्ने भन्नेमा छ ।’ प्रचण्डले मधेसकै पहिचान र अधिकारको निम्ति आफूहरुले लडाईं लडेको दाबी गरे। ‘बीचमा मधेसी जनतामा भ्रम दिने पनि काम भयो । तर अहिले मधेसमा माओवादी केन्द्रप्रति लहर आएको छ । म मधेशका विभिन्न जिल्लाहरुका कार्यक्रममा जाँदा मैले जनतामा माओवादी प्रति उत्साह देखेको छु ।’, उनले भने ।

अध्यक्ष प्रचण्डले अहिले मधेसी जनता र वुद्धिजीविहरु माओवादी प्रतिको भ्रमबाट मुक्त हुँदै गएको देखिएको बताए । ‘हाम्रो पहिचान र अधिकारको निम्ति लड्ने पार्टी त माओवादी नै हो रहेछ भन्ने चेतना अहिले विस्तारै आउँदै गएको छ’ उनले भने, ‘मधेसी जनताको मुक्ति र अधिकारको कुरा गर्ने र उनीहरुलाई अगाडि बढाउने हो भने माओवादी केन्द्र बाहेक अरु कसैको पनि विचार त्यहाँका जनताको पक्षमा छैन ।’ अध्यक्ष प्रचण्डले थपे, ‘त्यसैले हामी पहिलो कुरा विचार र राजनीतिक एजेण्डा हेर्नुपर्छ । मान्छे हेर्ने पनि होइन । उसको पछाडिको भीड पनि हेर्ने होइन ।’

अर्को प्रसंगमा अध्यक्ष प्रचण्डले आफूले नेपालको समाजवाद कस्तो हुने भन्नेमा बहस गर्ने र नेपाली जनतालाई अझ माथि कसरी उठाउने भन्ने बारेमा प्रतिवेदन लेखिरहेको बताए । उनले पार्टी पुनः जोडिन आएका नेता तथा कार्यकर्ताहरुलाइै उचित जिम्मेवारी दिने प्रतिवद्धता व्यक्त पनि व्यक्त गरे ।

पार्टी प्रवेश गर्ने विभिन्न पार्टीका नेता तथा कार्यकर्ताले माओवादी मधेसका जनताको वास्तविक हक अधिकारका लागि लड्ने पार्टी भएको बताएका थिए ।

कार्यक्रममा प्रचण्डले एमाले र जसपा परित्याग गरेका झण्डै दुई दर्जन नेता तथा कार्यकर्तालाई माओवादी केन्द्रमा प्रवेश गराए ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ६ : २२ बजे

रहेनन् राजनीतिज्ञ विश्वबन्धु थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा पुराना राजनीतिज्ञ

निर्वाचन प्रयोजनका लागि बाँकेमा आठ उम्मेदवारको मात्र बैङ्क खाता

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि बाँकेमा उम्मेदवार

महाशिवरात्रीमा होटल पौवाका सबै शाखाहरुमा धुनी जगाउँदै भजनकिर्तन गरिने

नेपालगन्ज । होटल पौवाले यसवर्ष पनि महाशिवरात्रि पर्वलाई देशभरका शाखाहरुमा

पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई

कास्की । पोखरामा आज सम्पन्न भएको २०औँ संस्करणको पोखरा अन्तरराष्ट्रिय

खासमा बंगलादेशमा भएको के हो ? यताको न्यारेटिभ वार के हो ?

काठमाडौं । युवा विद्रोहले बंगलादेशमा शेख हसिनाको सत्ता पल्टाएको डेढ