२४ बैशाख २०८१, सोमबार | May 6, 2024

बुटवलमा विद्युतीय रिक्सा अव्यवस्थित बन्दै, नियमन फितलाे



बुटवल । बुटवलमा सञ्चालित विद्युतीय रिक्साको नियमन प्रभावकारी नभएको पाइएको छ । प्रभावकारी नियमन नहुँदा विद्युतीय रिक्सा अव्यवस्थित रूपमा सञ्चालित रहेको र यसबाट प्राप्त हुने राजश्वसमेत गुमेको छ ।

नियमनकारी निकायले सन्तोषजनक काम नगरेका कारण बुटवलमा विद्युतीय रिक्सा आवश्यकता भन्दा बढी भएको, निर्धारित रुट कार्यान्वयन नभएको र राजश्वसमेत गुमेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनी प्रदेश कार्यालयका अध्यक्ष कृष्णप्रसाद कंडेलले बताए ।

बुटवल उपमहानगरपालिकाभित्र सञ्चालन भइरहेका विद्युतीय रिक्साहरूको सञ्चालन, व्यवस्थापन र नियमनका लागि बुटवल उपमहानगरपालिकाको आयोजनामा कात्तिक १२ गते प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा सरोकारवालाहरूको सर्वपक्षीय बैठकले विभिन्न निर्णय गरेको थियो । तर ती निर्णयको कार्यान्वयनका लागि हालसम्म पनि सन्तोषजनक काम हुन नसकेको कंडेलले बताए ।

संगठनले बुटवल उपमहानगरपालिकामा भएको सर्वपक्षीय बैठकको निर्णय यथाशीघ्र कार्यान्वयन गराइदिन माग गर्दै मंगलबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा ध्यानाकर्षण पत्र समेत बुझाएको छ । रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीलाई बुझाइएको ध्यानाकर्षण पत्रमा सवारी तथा यातायात सेवा सञ्चालन गर्न नहुने र सो को परिच्छेद–६ को दफा ७५ अनुसार बाटो इजाजतपत्र दिन इन्कार गर्न सकिने जस्ता अधिकार दिँदा समेत अनुगमन तथा नियमनकारी निकायले सन्तोषजनक काम नगरेको उल्लेख छ ।

सङ्गठनका अध्यक्ष कंडेलले ई–रिक्साको व्यवस्थापनको सन्दर्भमा बुटवल उपमहानगरपालिकामा आबद्ध भएकालाई कात्तिक १२ गतेको निर्णय कार्यान्वयन गर्नुपर्ने र इ–रिक्साको व्यवस्थापनमा जानुपर्ने बताए । ुकसैले कर तिरेका छन्, कसैले तिरेका छैनन्, कसैको ब्लुबुक छैन, लाइसेन्स छैन, पटक पटक आन्दोलन गर्‍यौं, बैठक पनि बस्यो, बैठकको निर्णय कार्यान्वयनमा समस्या देखिएका छन्,ु उनले भने । राज्यको नीति अनुसार विद्युतीय रिक्सासँग रोड परमिट, सवारी चालक अनुमतिपत्र ९लाइसेन्स०, बिमा हुनुपर्ने उनले बताए ।

ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी मरासिनीले व्यवस्थित नभएको कुरा आइरहेको भन्ने सम्बन्धमा स्थानीय तहसँग समन्वय गरिने आश्वासन दिए ।

 

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ६ : २४ बजे

चोरले एक तोला सुन निलेपछि!!!

पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला

खडेरीले सुक्न थाल्यो मकै

झापा । झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका

धनगढीमा रुखबाट लडेर एक महिलाको मृत्यु

धनगढी । धनगढीमा रुखबाट लडेर एक  महिलाको मृत्यु भएको छ

युरोपमा वायु प्रदूषणको नयाँ कानुन, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने

काठमाडौँ । वायु प्रदूषण रोक्न अब युरोपमा राजनीतिक प्राथमिकता भएको

संरक्षण थालिएको ताल नै सुकेपछि…

ढोरपाटन । बागलुङको काठेखोला गाउँपालिका-४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म