१६ बैशाख २०८१, आइतबार | April 29, 2024

माओवादी केन्द्रको लुम्बिनी प्रदेश सम्मेलनः नेतृत्वका लागि नेताहरूबीच रस्साकस्सी



बुटवल । नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेशको नेतृत्वका लागि नेताहरूबीच रस्साकस्सी सुरू भएको छ । लुम्बिनी प्रदेशको अध्यक्षका लागि अहिलेसम्म चार जनाले आफ्नो दाबी प्रस्तुत गरेका छन् ।

लुम्बिनी प्रदेशका सांसदद्वय दिपेन्द्र पुन र दामा शर्मा, राष्ट्रियसभा सदस्य तथा पार्टीका प्रदेश कमिटी सदस्य जगप्रसाद शर्मा र पार्टी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले नेतृत्वका लागि आन्तरिक गृहकार्य गरिरहेका छन् ।

माओवादी केन्द्रको लुम्बिनी प्रदेश सम्मेलन २५ र २६ मंसिरमा दाङको भालुवाङमा हुँदै छ । लुम्बिनी प्रदेशमा आफ्नो प्रभाव जमाएका केन्द्रीय नेताहरू वर्षमान पुन र पूर्व सभामुख ओनसरी घर्तीले लुम्बिनी प्रदेश अध्यक्षमा दिपेन्द्र पुनलाई ल्याउन चाहेको कार्यकर्तामाझ चर्चा छ । तर, अर्थमन्त्रीसमेत रहेका माओवादी नेता जनार्दन शर्मा प्रभाकरले भने दामा शर्मालाई प्रदेशको नेतृत्वमा ल्याउन चाहेको माओवादी प्रदेश कमिटीका एक सदस्यले बताए ।

तर पार्टी केन्द्रले भने दुई पक्ष लड्दा विवाद चर्कने भन्दै कपिलवस्तुका डोरप्रसाद उपाध्यायलाई प्रदेश कमिटी अध्यक्षमा ल्याउने गरी छलफल थालेको छ । ‘पुन र शर्मालाई केन्द्रीय नेताले बोक्दा दुईथरी गुट सक्रिय भएदेखि नै पार्टी केन्द्रले सहमतिका लागि तेस्रो विकल्पमा पनि छलफल अगाडि बढाएको पाएका छौं,’ ती नेताले भने ।

पार्टीले निर्णय गरेर पठाए आफू प्रदेशको नेतृत्व सम्हाल्न तयार रहेको उपाध्यायले बताए । ‘केन्द्रीय कार्यालयमा रहे पनि पार्टीले निर्णय गरेर पठाउँछ भने म जिम्मेवारी लिन तयार छु,’ उनले भने ।

अर्की दाबेदार दामा शर्माले माओवादीमा महिला सहभागिता धेरै भएको भन्दै नेतृत्वमा पनि यही प्रकारको सहभागिता रहने विश्वास व्यक्त गरिन् । आफूले केन्द्रमा पाएमा भने इच्छा नगर्ने उनको भनाइ छ । माओवादीको प्रदेश कमिटीमा एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, एक सहसचिव र एक कोषाध्यक्ष गरी सातजना पदाधिकारी रहने विधानमा व्यवस्था छ ।

लुम्बिनीबाट नेताहरु कृष्णबहादुर महरा, वर्षमान पुन, ओनसरि घर्ती, कुलप्रसाद केसी, चन्द्रप्रकाश खनाल, बामदेव क्षेत्री, सुदर्शन बराललगायतका नेताहरुले केन्द्रमा प्रभाव जमाएका छन् ।

लुम्बिनी प्रदेश कमिटी इन्चार्जमा माओवादी स्थायी कमिटी सदस्य चन्द्रप्रकाश खनाल बलदेव छन् । प्रादेशिक संरचना बलियो बन्न लागेकाले यसअघि केन्द्रमा रहन चाहेका नेताहरू प्रदेशको नेतृत्वका लागि ईच्छुक देखिएका छन् । माओवादीको विधानअनुसार अब प्रदेश कमिटीमा रहने कुनै पनि नेता केन्द्रीय कमिटीमा रहन पाउँदैनन् । सम्मेलनमा १०९ वटै पालिकाबाट भौगोलिक उपस्थिति हुने प्रचारप्रसार संयोजक जीवन गौतमले बताए । माओवादीको लुम्बिनी प्रदेश कमिटी २०५ सदस्यीय हुनेछ । २०५ सदस्यीय कमिटीमा १०९ जना पालिकाबाट छानिने छन् ।

२०५ सदस्यीय लुम्बिनी प्रदेश सम्मेलनमा ७६ जना खुला रूपमा छानिने प्रचारप्रसार संयोजक गौतमको भनाइ छ । माओवादीले महिला सहभागिता ३५ प्रतिशत गराउने भएको छ । यस आधारमा लुम्बिनी प्रदेश समितिमा ७० जनाको महिला प्रतिनिधित्व हुनेछ । दलितको प्रतिनिधित्व ३० जना अर्थात १५ प्रतिशत हुने छ भने मुस्लिम समुदायको सहभागिता पाँच प्रतिशत हुनेछ । प्रदेश समितिमा १० जना मुस्लिमको कोटाबाट छानिने छन् । लुम्बिनी प्रदेशमा माओवादीको कुल पार्टी सदस्य संख्या एक लाख १२ हजार रहेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ११ : २२ बजे

सम्पत्ति शुद्धीकरण मुद्दामा न्यौपानेलाई तीन वर्ष कैद

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ

आज राति कोसी, बागमती, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

गौशालामा आहारा खुवाएर बुटवल उपमहानगर कर्मचारी एशोसिएसनले मनायो २७ औँ स्थापना दिवस

बुटवल । शिवनगर सामुदायीक वनमा नन्दिनी गौशालामा रहेका गाई/गोरुहरुलाई आहारा

प्रधानमन्त्रीद्वारा मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

काठमाडौं । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क