३० असार २०८३, मंगलबार | July 14, 2026

अमेरिकामा आँधी, ५० भन्दा धेरै मानिसको मृत्यु भएको आशंका



काठमाडौं । अमेरिकाको केन्टकी प्रान्तमा आएको भीषण आँधीमा अहिलेसम्म ५० भन्दा धेरैको ज्यान गएको आशंका व्यक्त गरिएको छ । राज्यका गभर्नर एन्डी बेशियरले केन्टकीको इतिहासमा यो सबैभन्दा भीषण आँधी भएको बताएको बीबीसीले उल्लेख गरेको छ । उनका अनुसार मर्नेको संख्या १ सय सम्म पुग्न सक्छ ।

अमेरिकाको कयौं प्रान्तमा लगातार आँधी आइरहेको छ र कयौं कर्मचारी अमेजनको वेयरहाउसमा फसेका छन्।

न्यूयोर्क टाइम्सका अनुसार आँधी आएको समयमा करिब १ सय मानिस मेफिल्डको मैनवत्ती बनाउने उद्योगमा उपस्थित थिए । बेशियरका अनुसार त्यसमध्ये १२ जनाको मृत्यु भएको छ ।

प्रशासनिक अधिकारीहरुका अनुसार शुक्रवार राति आएको आँधीले दक्षिणी इलिनइसस्थित एक अमेजन वेयरहाउस तहस(नहस गरिदिएको छ ।

अहिले सम्म छत खस्दा कति जनालाई चोट लाग्यो भन्ने थाहा हुन नसकेको स्थानीय आपातकालीन सेवा दिने संस्थाले जनाएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ९ : २७ बजे

सुकुमवासी समस्या : सार्वजनिक महत्वको प्रस्ताव लैजान कांग्रेस संसदीय दललाई आग्रह

ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले

वायुसेवा निगमलाई तीन वर्षभित्रमा ऋणमुक्त गराउँछु : कार्यकारी अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई

हेटौडा-काठमाडौं सवारीसाधन आवागमनमा रोक

हेटौडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँ जाने दुई

नक्कली भुटानी शरणार्थी प्रकरणमा तोकियो सजाँय : कस्ले कति पाए सजाँय ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाडौंले सजाँय

भैरहवाको रेष्टुरेन्टबाट १४ जीवित कछुवा बरामद, सञ्चालक पक्राउ

भैरहवा । रुपन्देही प्रहरीले भैरहवास्थित एक रेष्टुरेन्टबाट १४ वटा जीवित