१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

न्यानो ओछ्यानमा सुत्न ‘ काउम्याट’



सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकाले पहिलो पटक गाईभैसींलाई न्यानो ओछ्यानमा सुत्न म्याट वितरण गरेको छ ।

नगरपालिकाको समन्वयमा पशु विकास शाखाले साना कृषि औजार तथा यन्त्र उपकरण अन्तर्गत आइतबार पचास प्रतिशत अनुदानमा यहाँका २१ जना व्यवसायिक कृषक फर्महरुमा रहेका गाईभैसींलाई ओछ्याउन १ सय ९८ वटा ‘काउ म्याट’ वितरण गरेको हो ।

उक्त ‘काउ म्याट’ वितरण गरेपछि फर्ममा रहेका गाइभैसीं जाडोयामको समयमा न्यानो ओछ्यानमा सुत्न पाउने भएका छन् । त्यसैगरीे शाखाले २० जना कृषकहरुलाई २० वटा विद्युतीय च्यापकटर पनि वितरण गरेको छ ।

कृषकहरुलाई उक्त च्यापकटर र म्याट वितरण गर्दै सैनामैना नगरपालिका प्रमुख चित्र बहादुर कार्कीले व्यवसायिक कृषि पेशा गर्ने किसानका लागि एकदम राम्रो सहयोग भएको भन्दै यसको भरपुर फाईदा लिन आग्रह गरे । ११ लाख बराबरको ५० प्रतिशत अनुदानमा उक्त कृषि औजार वितरण गरिएको बताउँदै च्यापकटरले घाँस पराल काट्न र म्याट ओछ्याएपछि गाईलाई न्यानो हुने, बिरामी नहुने र भर्खर जन्मेका बाछाबाछी, पाडापाडीलाई पनि धेरै सहयोग पुग्ने प्रमुख कार्कीको भनाई छ ।

नगरका ११ वटै वडामा पशुपालन गर्दै आएका व्यवसायिक फर्महरुलाई गाईभैंसीका लागि आवश्यक पर्ने घाँस र पराल काट्न सहज होस् भन्ने उद्देश्यले उक्त च्यापकटर र न्यानो ओछ्याउनमा सुत्नका लागि अनुदानमा म्याट वितरण गरिएको पशु विकास शाखा प्रमुख इन्द्र बहादुर खड्काले बताए । उनका अनुसार किसानलाई पशुपालन व्यवसाय गर्न उत्प्रेरणा जगाउने हेतुले उक्त म्याट वितरण गरिएको हो ।

पशुपालक कृषक फर्महरु मध्ये छनोटमा परेका कृषकहरुलाई मात्र उक्त च्यापकटर प्रदान गरिएको नगरपालिकाले जनाएको छ । जसमध्ये कृषि औजारका लागि ३५ जनाको निवेदन पेश भएकोमा २० जना मात्र छनोटमा परेका हुन् । नगरमा पहिलोपटक काउम्याट वितरण गरिएको बताउँदै खड्काले आगामी वर्ष पनि कृषि औजार वितरण कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

कार्यक्रममा निमित्त प्रशासकीय अधिकृत हेमराज अर्यालले कृषि औजारलाई सदुपयोग गर्दै कृषकहरु प्रविधि सँग जोडिदैं व्यवसायिक रुपमा अघि बढ्नुपर्नेमा जोड दिए । कृषक सुरेन्द्र प्रसाद रेग्मीले व्यवसायिक पशुपालक कृषकहरुले काउ म्याट पाउनु खुसीको कुरा भएको भन्दै यसले किसानलाई उत्साहित बनाएको धारणा राखे । सैनामैना नगरपालिका परिसरमा भएको कार्यक्रमको सञ्चालन कृष्ण कुंवरले गरेका थिए । नगरपालिले विभिन्न समयमा यहाँका कृषकहरुलाई यन्त्र तथा उपकरण वितरण गर्दै आएको छ ।

 

 

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ६ : २५ बजे

बुटवलमा सार्वजनिक भयो प्रोटोन ‘इ.मास ५’

बुटवल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स

सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विभिन्न राजनीतिक दलका मुख्य

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से