११ कार्तिक २०८३, बुधबार | October 28, 2026

प्रचण्डको अभिव्यक्तिपछि पुँजीबजारमा पहिरोका पहिरो



काठमाडौं । दैनिकजसो ओरालो लागेर आजित भएका लगानीकर्ता सोमबार पनि प्यानिक अवस्थामा नै रहे । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुँजी बजारलाई साम्राज्यवादको विकसित रूप भनेपछि लगानीकर्ताहरू आतिँदै बचेको सेयर पनि डुब्ने हो कि भन्ने त्रासमा सस्तोमा बेच्न थाल्दा यो स्थिति आएको हो ।

जसका कारण सोमबार सेयर बजार खुलेको १० मिनेलगत्तै ६७ अंकको पहिरो गयो । १ बजेसम्ममा १ सय २ अंकसम्म घटेको सोमबारको सेयर बजार ७९ अंकले घटेर थामेको थियो ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालको शनिबारको अभिव्यक्तिका कारण आइतबार पनि सेयर बजार ८८ अंकले ओरालो लागेको थियो । यद्यपि सोमबार दाहालले एक कार्यक्रममा आफू साना लगानीकर्ताको हितको पक्षमा रहेको अभिव्यक्ति दिएपछि मंगलबार सेयर बजारमा सुधार हुने अपेक्षा गरिएको छ ।

अरू सामान्य रूपमा नै प्यानिक अवस्था रहेको पुँजी बजारलाई गलत अर्थ दिनेगरी दाहालले अभिव्यक्ति दिएका कारण आइतबार र सोमबार गरी दुई दिनमा नेप्से सूचक १६८ अंकले घटेर २२८२ अंकमा झरेको छ । सोमबार दिनभरिमा ३ अर्ब ९९ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ । बजार पुँजीकरणका हिसाबले यी दुई दिनमा लगानीकर्ताले २ खर्ब ३६ अर्ब रुपैयाँ गुमाएका छन् । सोमबार पुँजीकरण ३२ खर्ब ७ अर्बमा आएको छ ।

दाहालले सेयर बजारमा लगानी गरिँदा उद्योगधन्दाको विकास नभएको र वित्तीय पुँजीवादको विस्तारले समग्रमा जनताको हित नगर्ने शनिबार बताएका थिए । सोमबार नेप्से परिसूचक ७९ अंक अर्थात् ३.३६ प्रतिशतले घटेर २२८२ बिन्दुमा रोकिएको छ । आजको राजधानी दैनिकमा पूर्णभक्त दुवालले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ७ : ११ बजे

सुर्खेतमा चिर्पट प्रहारबाट ६२ वर्षीय मानबहादुर राजीको मृत्यु, एक जना पक्राउ

सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका–८ सुन्दरनगरमा दाउराको चिर्पट प्रहारबाट घाइते

सुनको मूल्य तोलामा ९ सय र चाँदीको १० रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य वृद्धि भएको छ।

अबदेखि नागरिकताको प्रतिलिपि जुनसुकै जिल्लाबाट पनि बनाउन सकिने

काठमाडौं । अबदेखि नागरिकता बनाउन जिल्ला धाइरहन नपर्ने भएको छ

आन्ध्र प्रदेशको तटीय क्षेत्रमा १५० किमि प्रतिघण्टासम्मको हावाहुरी

काठमाडौं । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभावले भारतको

भूमिगत राजनीतिदेखि कृषि उद्यमसम्म : म्याग्दीका पूर्व संविधानसभा सदस्य श्रीसको नयाँ यात्रा

म्याग्दी । कुनै समय भूमिगत राजनीतिमा सक्रिय रहेका म्याग्दीको मङ्गला