४ पुस २०८२, शुक्रबार | December 19, 2025

कांग्रेस उपसभापतिमा पूर्ण खड्का र धनराज गुरुङ निर्वाचित, झिनो मतले चुके गच्छदार



काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् ।

बुधबार राति केन्द्रीय कार्यालय सानेपामा सम्पन्न मतगणनामा सभापति शेरबहादुर देउवा समूहबाट खड्का र शेखर कोइरालाल समूहबाट गुरुङ निर्वाचित भएका हुन् ।

उपसभापतिका लागि भएको निर्वाचनमा खड्काको मतअन्तर दुई सय हाराहारीमा भए पनि गुरुङ भने २र३ मत अन्तरले जितेका हुन् । खड्का २१२१ र गुरुङले १९०८ मत प्राप्त गरी विजयी भएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । वर्तमान कार्यसमितिमा खड्का महामन्त्री र गुरुङ केन्द्रीय सदस्य हुन् ।

गुरुङसँग उपसभापतिका अर्का प्रत्यासी विजय गच्छदार झिनो मतले पराजित भए । मतगणनाको बीच बीचमा गच्छदारले अग्रता पनि लिएका थिए । अन्तिम परिणाममा भने उनी थोरैले पराजित हुन पुगे । सभापति देउवा ‘प्यानल’ कै उनले १९०६ मत प्राप्त गरे ।

चन्द्र भण्डारी, सुजाता कोइराला, महेश आचार्य र दिव्यश्वरी शाह भने पराजित भए । भण्डारीले १५८०, कोइरालाले ६४४, आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत प्राप्त गरेको समितिले जनाएको छ ।

कांग्रेसले विधानतहः उपसभापतिको निर्वाचन पहिलोपटक गरेको हो । यसअघि उपसभापति मनोनीत हुने प्रावधान थियो । सोमबारको निर्वाचनको मतगणना बुधबार साँझदेखि सुरु भई आज बिहान १ बजे सम्पन्न भएको थियो । मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको हो ।

सोमबारको मतदानमा ४७४३ मतदातामध्ये ४६८९ मतदाताले मतदान गरेका थिए । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि मतदान भएको थियो । सभापति पदको भने महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा बुधबार मतगणना सम्पन्न भई प्रधानमन्त्री एवं पार्टी सभापति देउवा पुनः सभापतिमा निर्वाचित भइसकेका छन् ।

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  ७ : ०३ बजे

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा