१० भदौ २०८३, बुधबार | August 26, 2026

एन्फा कार्यसमितिको बैठक राख्न तीन उपाध्यक्ष र चार सदस्यको माग



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्षद्वय कृष्णबहादुर थापा र वीरबहादुर खड्कासहित कार्यसमितिका सात सदस्यले कार्यसमिति बैठकको माग गरेका छन् ।

बैठक माग गर्नेमा चार सदस्य किरण राई, दीनेश ब्यन्जनकार, निरोज खड्गी र दावा लामा समेत छन् । वरिष्ठ उपाध्यक्ष नेम्वाङको नेतृत्वमा कार्यसमितिका सात जनाले बिहीबार एन्फा मुख्यालयमा संयुक्त पत्र दर्ता गराउँदै बैठकको माग गरेका हुन । एन्फाको कार्यसमितिमा १७ सदस्य रहेको छ ।

‘एन्फाको केन्द्रीय कार्यसमिति बैठक लामो समयदेखि बस्न सकिरहेको छैन् । जसले गर्दा विभिन्न महत्वपूर्ण विषयहरुमाथि छलफल हुन नसक्दा सिंगो फुटबल खेलको विकासमा गतिरोध देखा परेको छ । साथमा विधि प्रक्रियाविहीन ढंगबाट संघ सञ्चालन भइरहेको छ,’ बैठक माग गर्दै दायर गरिएको पत्रमा उल्लेख छ ।

‘आगामी २०७९ बैशाख महिनामा संघको साधारणसभा र निर्वाचन गर्नुपर्ने भएकाले पनि तत्काल बैठकबाट जिल्ला, प्रदेश र केन्द्रको साधारणसभा र निर्वाचनसम्बन्धि कार्यतालिका लगायत फुटबलको विकाससँग सम्बन्धित जिल्ला लिग, प्रदेश लिग, ए, बी, सी डिभिजन लिग र राष्ट्रिय लिग सञ्चालन बारे छलफल गर्न आवश्यक देखिएको छ ।’ पत्रमा भनिएको छ ।

पत्रमा वरिष्ठ उपाध्यक्ष, दुई उपाध्यक्ष र सदस्यहरुले विभिन्न आवस्यक विषयमा छलफल गर्नका लागि बैठक राख्न पटकपटक अनुरोध गर्दा पनि अध्यक्ष कर्माछिरिङ शेर्पाले बेवास्था गरेको आरोप लगाएका छन् । पटकपटकको अनुरोधलाई अध्यक्षले बेवास्था गरेका कारण बाध्य भएर विधानअनुसार बैठकको माग गरिएको संयुक्त पत्रमा उल्लेख छ ।

‘संघको विधानको धारा ३७ को उपधारा २ बमोजिम कार्यसमिति बैठक आयोजनाको माग गर्दछौं,’ पत्रमा भनिएको छ ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ८ : ३५ बजे

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट

भोटेकोशी बाढी : ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको

भारत, चीन र विश्व बैंकले सोधे – कस्तो सहयोग कहाँ पठाऊँ ?

काठमाडौँ । विपदग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक