३ पुस २०८२, बिहिबार | December 18, 2025

संघीयतालाई बलियो बनाउन प्रदेशलाई बलियो बनाउनु पर्दछ : मुख्यमन्त्री केसी



दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नयाँ संरचनाकारुपमा आएको प्रदेश तहलाई बलियो बनाउन सकेमात्र संघीता बलियो शुने र कार्यान्वयन गर्न सकिने बताएका छन् । मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय र प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पीएलजीएपी) को आयोजनामा संघीयतामा कानून निर्माणको अवस्था र प्रदेश सरकार स्थानीय वित्त व्यवस्थापन विषयमा प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री केसीले संघीयताको प्रयोगमा नयाँ संरचनाकारुपमा आएको प्रदेशतह भएकाले प्रदेशलाई बलियो बनाएमा मात्रै संघीयता कार्यन्वयन हुन सक्ने बताएका हुन् ।

मुख्यमन्त्री केसीले प्रदेश सरकारकाले स्थानीयतह र संघीय सरकार बीचमा समन्वय गरी काम गर्दै अगाडि बढाउनु पर्ने बताउँदै जनताबाट निर्वाचित जनप्रतिनिधीहरुले जनतालाई सुसाशन दिने पहिलो कतव्र्य भएको स्पष्ट पारे । सबैले जनताप्रति उत्तरदायी भएर निश्वार्थ भावले जनताको सेवा गर्नु पर्ने उनको भनाई छ ।

मुख्यमन्त्री केसीले जनप्रतिधीहरुको नेतृत्वमा जनतालाई दिने सेवा प्रवाह सरल र सहज जनमैत्री हुनु पर्ने बताउँदै सेवाग्रहीलाई दिने सेवाका विषयले सरकारको लोकप्रियता कायम हुने भएकाले सबैले सेवाग्रहीलाई ध्यान दिनुपर्ने बताए । ‘जनताको विकास निर्माणको अपेक्षा धेरै छन्, हाम्रो साधन र श्रोत सिमित छन् ।’ उनले भने, -‘सिमिति श्रोत साधनबाट पनि परिणाममुखी नतिजा दिनु पर्दछ त्यसमा चनाखो बन्नु आवश्यक छ ।’

उनले स्थानीयतहमा निर्वाचिन सम्पन्न भएको उत्तरार्धतिर लागेको बेला आएको र अब सबै जनप्रतिनधीहरुको काम तुलना गर्ने बेला भएको बताउँदै अब सबैले आफ्नो कार्यकालको लेखा जोखा पनि गर्नुपर्ने बेला आएको बताए । ‘जनताबाट निर्वाचित कार्यकालको अन्तिमतिर आउँदै गर्दा हामीले संघीयतामा कानून निर्माण, जनताको अपेक्षा, र विकास निर्माणको सवाल, वित्त व्यवस्थान लगायतको विषयमा घनीभूत रुपमा छलफल गरी आगामी दिनको यात्रा तय गर्नुपर्दछ ।’ उनले भने ।

मुख्यमन्त्री केसीले प्रदेश सरकारले लिएको समृद्ध लुम्बिनी र आत्मर्भिर प्रदेश निर्माणको सपनालाई साकार पार्नका लागि लुम्बिनी प्रदेशभित्रका सम्पूर्ण १०९ स्थानीयतहरुको सामूहिक बुझाई र कार्यन्वय गर्न आवश्यक रहेको बताउँदै साझा धारणाका साथ विकासमा अगाडि बढ्न सबै स्थानीयतहका जनप्रतिनिधिहरुलाई अनुरोध गरे ।

अन्तरक्रिया कार्यक्रममा लुम्बिनी प्रदेशका निमित्त प्रमुख सचिव कुमार दाहालले कानून निर्माणको आवश्यकता, निर्माणको अवस्थाका बारेमा प्रस्तुतिकरण गरेका थिए । यसैगरी वित्त व्यवस्थानको विषयमा अर्थमन्त्रालयको सह सचिव बाबुराम सुवेदीले प्रस्तुकिरण गरेका थिए ।

कार्यक्रममा लुम्बिनी प्रदेशभित्रक १०९ वटा स्थानीयतहबाट प्रमुख र उप्रमुखको सहभागीता रहको थियो । विगतदेखि प्रदेश र स्थानीय तहमा शुसासन कायम गर्नका लागि पीएलजीसले काम गरिरहेको लुम्बिनी प्रदेशका प्रशासन सचिव नरेन्द्र कुमार रानाले बताए ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ३ : ३१ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको